Logo

सी जिङपिङको नेपाल भ्रमण गराउन ओली र प्रचण्डको यस्तो रणनीति



काठमाडौं, ८ असोज । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिङपिङलाई नेपाल भ्रमण गराउन निकै प्रयास गरे । प्रचण्डले आफू प्रधानमन्त्री हुँदै सी जिङपिङलाई नेपाल भ्रमण गराउन खोज्दा सकेनन् ।

त्यतिबेला सी जिङपिङ भारत भ्रमणमा रहँदा भेट्न गोवा पुगे । जहाँ मोदी र सी जिङपिङको साथमा भेटे । उनले त्यसपछि गरेका प्रयास सफल हुनसकेको थिएन ।

यसपटक नेकपा एकीकरणपछि बनेको ओली सरकारले भेट गराउन निकै प्रयास गर्यो । अन्ततः सी जिङपिङ आउने सम्भावना बढेको छ । उनलाई ल्याउनकै लागि चिनियाँ कम्युनिष्ट पार्टीसँग नेकपाले विशेष सम्बन्ध बनाएर समझदारी समेत गर्यो ।

चिनियाँ राष्ट्रपति आउने भनिरहँदा चिनियाँ कम्युनिष्ट पार्टीले नेकपाका गनेचुनिएका दुई सय जनालाई प्रशिक्षण दिएको छ । यसका लागि उक्त दलका विदेश विभाग प्रमुख नेपाल नै आए । उनीसहित ४० जना आएर प्रशिक्षण लिए ।

नेकपाका दुवै अध्यक्ष सी जिङपिङ र उनको विचारको खुलेर प्रशंशा गरे । सी जिङपिङको विचार अंगिकारको विषय पनि उठ्यो । यद्यपि नेकपा नेताहरुले यसको खण्डन गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीसँग विशेष सम्बन्ध राख्नुमा पनि ओली र प्रचण्डको चिनियाँ नेताको भ्रमणसँग जोडिएको छ । भ्रमण पूर्व भएका बहस र कार्यक्रम पनि सी जिङपिङकै विचारमा केन्द्रित भए । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot