काठमाडौं,असोज ९। भारतमा एक जना प्रहरीले आफ्नो विहेको दिन विदा नपाएको भन्दै जागीरबाट राजिनामा दिएका छन ।
हैदरावाद प्रहरीमा कार्यरत २९ वर्षीय सिद्धान्ती प्रताप नामका प्रहरी जवानले बिहे गर्न समेत छुट्टी नपाएको भन्दै पदबाट राजीनामा दिएका हुन । प्रताप नामका प्रहरी जवान बिहेको तयारीमा थिए । तर, उनको हुनेवाला ससुरालीबाट उनको ड्युटी अवधिको बारेमा जानकारी पाएसँगै उनको बिवाह क्यान्सिल भयो ।
बेहुलीका बाबुआमाले बेहुलाको ड्युटि चौबिस घण्टा भएको भन्दै परीवारलाई समय दिन नसक्ने केटालाई छोरी नदिने बताउँदै विवाह तोडे । विवाह गर्न तयारीमा रहँदा पनि आफ्नो जागिरको कारण केटी नपाएको भन्दै उनले पनि प्रहरीको जागिरबाट राजीनामा दिए ।
हैदरावाद पुलिसका आयुक्तलाई पत्र लेख्दै उनले राजीनामा दिनुको कारण चौबीसै घण्टे ड्युटी भएको बताएका छन् । जागिरे अवधिमा साप्ताहिक बिदा समेत नपाएको भन्दै उनले राजीनामा दिएको बताएका छन् । इन्जिनियरिङको अध्ययन गरेका उनले प्रहरी जवान पदमा ५ बर्ष अघि भर्ना भएका थिए ।एजेन्सीको सहयोगमा