काठमाडौं, ९ असोज । सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा एक महिलाले चार शिशुलाई जन्म दिएकी छिन् । धनगढी घर भएकी २७ वर्षीया खगित्रा शाहीले चार शिशु लाई जन्म दिएर आमा बनेकी छिन् । उनले ८ असोजमा तीन छोरा र एक छोरीलाई जन्म दिएकी हुन् ।
आठ महिनाको गर्भलाई चिकित्सकको टोलीले शल्यक्रियामार्फत चार नवजात शिशुको जन्म गराउन सफल भएको थियो । नवजात चार शिशुको तौल १.४, १.५, १.६ केजी र एकको ९५० ग्राम रहेको अस्पतालले जनाएको छ ।
चम्ल्याहा शिशुरहरुमध्ये तीन जना स्वस्थ छन् भने एक जना शिशुको अवस्था अस्थिर रहेको अस्पतालले बताएको छ । यसरी चम्ल्यहा बच्चा हुनु दुर्लभ घटना भएको समेत अस्पतालले जनाएको छ ।