Logo

काज बिदामा बसेर भत्ता बुझ्दै संसद् सचिवालयका कर्मचारी



काठमाडौं, १० असोज । संसद् सचिवालयका कर्मचारीले घरपायक काज बिदा लिँदै भत्ता बुझ्दै गरेका छन्।आव २०७५र७६ मा अधिकांश कर्मचारीले कि घरपायक कि दूर्गम ठाउँका लागि काज लिएर भत्ता लिएको सचिवालयको भनाइ छ ।

तथ्यांकअनुसार ३४४ कर्मचारीले सचिवालयलाई आर्थिक भार पर्ने गरी काज लिएका छन् ।उनीहरुको काज भ्रमणका लागि सचिवालयले अघिल्लो आर्थिक वर्षमा ५२ लाख रुपैयाँ खर्चिएको छ । यो खर्चमा काज भ्रमणका लागि उनीहरुले लिएको यातायात भत्ता जोडिएको छैन ।

नियमअनुसार अधिकृत तहसम्मका कर्मचारीले हवाई र त्यो भन्दा तलका लागि आवतजावत बस भाडा सचिवालयले नै बेहोर्छ । आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले खवर छापेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्