Logo

१६ अर्बको लगानी प्रतिबद्धता



बुटवल,१० असोज । झन्डै ५० अर्बको लगानी भित्र्याउने लक्ष्य लिइएको तिलोत्तमा लगानी सम्मेलनमा बिहीबार १६ अर्बको लगानी प्रतिबद्धता आएको छ।

सम्मेलनका क्रममा बिहीबारसम्म ३० वटा परियोजनाका प्रस्ताव आएका छन्। तीमध्ये २४ वटाको आसयपत्र खोलिएको छ। सबै आशयपत्र खोल्दा लगानी प्रतिबद्धता बढ्ने अपेक्षा आयोजकको छ।

सम्मेलनका क्रममा दुईवटा परियोजनाको एमओइ भएको छ भने १० वटा परियोजनामा लगानीकर्ता र नगरपालिकाबीच प्रारम्भिक सम्झौता भएको छ।

अन्तर्राष्ट्रिय विकास साझेदार संस्था युकेएड र नगरपालिकाबीच बिहीबार सीप र रोजगार प्रवद्र्धन कोष स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको हो।

त्यस्तै विपन्न, द्वन्द्धपद्वडित, सिमान्तकृत, अलपसंख्यक, दलित, विपन्न महिला तथा वैदेशिक रोजगारबाट फर्केकालाई स्वरोजगार बनाइ उनीहरुको आर्थिक विकासमा टेवा पु(याउन नेपाल बैंक लिमिटेडले नगरपालिकाको सिफारिसमा सहुलियत कर्जा प्रदान गर्ने सम्झौता पनि गरिएको छ।

सम्झौताअनुसार नगरपालिकाको सिफारिसमा दिइने कर्जाको ब्याजदर दुई–दुई प्रतिशत मात्रै कायम गर्ने उल्लेख छ। सम्मेलनमा यी बाहेकका १० वटा परियोजनामा लगानीकर्ता र नगरपालिकाबीच लगानीको प्रारम्भिक सम्झौता भएको नगरपालिकाले जनाएको छ। आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot