Logo

कृषि विकास बैंक प्रकरणः बैंक र प्रहरीको आ–आफ्नै दाबी



काठमाडौं, १० असोज । कृषि विकास बैंक लहान शाखाबाट पाँच करोड पाँच लाख रुपैयाँ सिस्टम ह्याक नभई चोरी भएको दाबि गरिएको छ । शाखाको कर्मचारीको युजर आइडी र पासर्वर्ड नम्बर चोरी गरि रकम चोरिएको बैंकले स्पष्ट पारेपछि प्रहरी र बैंकको कुरा बाँझिएको छ ।

कृर्षि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिककुमार उपाध्यायले युजर आइडि तथा पासवर्ड चोरी हुनुमा कर्मचारीलाई दोष देखाउदै त्यसमा संलग्न शाखा प्रमुखसहित तीनजनालाई अनुसन्धानका लागि काठमाडौं झिकाउनुपर्ने बताए ।

यस घटनाको विस्तृत अनुसन्धान गर्न विभिन्न शाखा हेर्ने केन्द्रका प्रमुख विनोद कोइरालाको संयोजत्वमा चार सदस्यीय टोली खटाइएको छ । सो टोलीका अनुसन्धानबाट युजर आइडी र पासवर्ड चोरी भए नभएको खुलासाहुने जनाइएको छ ।

प्रहरीले भनेजस्तो सिस्टम नै ह्याक भएको नदेखिएको बताउदै उपमहाप्रवन्धक दीर्घ अर्यालले भने ‘लहान शाखाको पनि ब्याजस्वरुप जम्मा भएको रकम ग्राहकले व्यत्तिगत खातामा सारेको देखिन्छ ।

यसमा ह्याकरभन्दा कर्मचारीको संलगनता देखिन्छ ।’ शाखा प्रमुख र दुई अधिकृत गरी तीन जनालाई छानविनका लागि बैंकको केन्द्रिय कार्यालय काठमाडौं तानिएको छ ।

शाखा प्रमुखले पनि दुई जना कर्मचारीको आइडीर पासवर्ड चोरी भएको स्विकारेका छन् । आजको गोरखापत्र दैनिकमा देववहादुर कुँवरले खवर छापेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot