Logo

सडक जामका कारण बिरामीको ज्यान गयो



धादिङ, १० असोज । जामका कारण एक जना विरामीको बाटोमा नै मृत्यु भएको छ । त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पु¥याएपछि बिरामीको मृत्यु भएको हो । मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाह रहेका छन् ।

रौतहटबाट काठमाडौं आउँदै गरेको ना७ख ५३६४ नंम्बरको बसमा शाहलाई उपचारका लागि काठमाडौँ ल्याइँदै थियो ।उनी मिर्गौलाको रागी थिए । उनको थाक्रे गाउँपालिका–२ हुलाकडाँडास्थित राजमार्गमा बसभित्र आमाको काखमा मृत्यु भएको महादेवबेसी प्रहरी चौकीले जानकारी दिएको छ । दुवै मिर्गौलाले काम गर्न छाडेपछि शाहलाई डायलसिसका लागि काठमाडौँ ल्याइँदै थियो । १२ घण्टाभन्दा बढी लामो जाम कुर्नु पर्दा बिरामीको मृत्यु भएको आफ्न्त गुनासो गर्दछन् । एम्बुलेन्समा ल्याउन पैसा अभावका कारण भाडाको बसमा रातकिो समयमा राजधानी ल्याइँदै थियो । शाहको शव बाटोबाटै रौतहट लैजाने तयारी भइरहेको छ । शाहको साथमा आमा, भाइ र दाजु थिए । उनको आमाको काखमै ज्यान गएको हो ।



प्रतिक्रिया दिनुहोस्