रुकुम(पूर्व), १० असोज । अवैध लागुऔषध अफिम सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भुमे गाउँपालिका ५ बस्ने यज्ञ वहादुर खत्री र पुथा उत्तरगंगा गाउँपालिका ८ गराली कोलवोट बस्ने जीवन भन्ने सुसन वोहरा रहेका छन् ।
भुमे गाउँपालिका ५ वालुवाबाट अवैध लागूऔषध अफिम ८ किलो २ सय ग्राम सहित ८ असोजको बेलुका प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुमबाट खटिएको प्रहरीले खत्रीको घर खानतलासी गर्दा उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।