Logo

अभिनेत्री मलाइकाको हट लुक्स



मुम्बइको म्यारिट होटलमा आयोजित ‘भोग ब्यूटी अवार्ड २०१९’मा बलिउड तथा फेसन दुनियाँका सुन्दरीहरु उपस्थित थिए । अवार्ड समारेहमा बलिउड नायिकाहरुको अगाडि आइटम गल मलाइका अरोराको बेग्लै उपस्थिती देखियो । उनी सेतो पहिरनमा निकै हट लुक्समा पुगेकी थिइन् । उनले सबैको ध्यान आफुतिर तानेकी थिइन् । सामाजिक सञ्जालमा पनि मलाइकाको त्यो हट अवतार र पहिरनको निकै प्रशंसा भएको छ ।

उक्त अवार्ड समारोहको रेड कार्पेटमा बलिउडका अधिकांश सुन्दरीहरु पनि उपस्थित थिए । सबैले आफुलाई हट र आकर्षक रुपमा प्रस्तुत गरे । नायिका आलिया भट्ट, साराअली खान, कृती सेननको साथमा साहिद कपुर, विक्की कौशल लगायत थुप्रै बलिउडकर्मीहरु अवार्ड समारोहमा सामेल भएका थिए ।



प्रतिक्रिया दिनुहोस्