Logo

नेकपा सक्किने शेखर कोइरालाको भविष्यवाणी



काठमाडौं, १० असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सत्तारुढ नेकपाले सिजिङ पिङ विचारधारा स्विकारे नेकपा आफै सकिने दाबी गरेका छन् । उनले भने,‘नेकपाको यो कदमले नेकपा सकिने मात्र नभई मुलुक नै धरापमा पर्छ ।’ नेपाली कांग्रेस निकट प्रजातन्त्र सेनानी संघ सिन्धुपाल्चोकको अधिवेशनलार्ई चौतारामा उद्घाटन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।

उनले नेकपाले सिजिङ पिङ विचारधारा नेकपा र मुलुक दुबैका लागी हितकर नहुने पनि ठोकुवा गरे । नेकपाले सि जिङ पिङबाट भ्रष्टाचार नियन्त्रणका विषयमा सिक्नु ठिकै भएपनि विचारधारा नै अंगाल्न खोज्नु गलत हुने उनको भनाई छ ।

भारत र अमेरिका तर्फ संकेत गर्दै उनले नेपाल सामरिक महत्वको देश भएकाले चिनियाँ विचारधारा लागु गर्न खोज्नु गलत हुने उनले बताए । ‘सिजिङ पिङको विचारधारा कुनै पनि हालतमा नेपालमा लागु हुन सक्दैन ।’ कोइरालाले भने ।‘चीन र नेपालको राजनीतिक फरक भएकाले चिनिया विचार यहाँ कार्यान्वयन हुन नसक्ने उनले बताए ।

नेकपाको सरकारले गणतन्त्र र संघीयता अप्ठ्यारोमा पार्न थालेको कोइरालाले बताए । प्रधानमन्त्री ओलीले सिंगापुर उपचारमा जानु अघि सर्वदलीय वैठकमा संघीयता र गणतन्त्र अप्ठ्यारोमा परेका तर्फ इंगित गर्दै कोइरालाले पुर्व राजा ज्ञानेन्द्र र बिप्लव माओवादीबाट नभई प्रधानमन्त्री ओलीबाटै गणतन्त्र र संघीयतालाई खतरा रहेको बताए । उनले ओली सरकारले अप्ठ्यारोमा पार्न लागेको गणतन्त्र मजबुत बनाउने दायित्व कांग्रेसको काँधमा आएको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्