काठमाडौं, १० असोज । डिभाइस स्ट्रिम नेटवर्क प्रा.लि. नेपाल (मेरो टिभी) र फाष्ट वे रेडिएन्ट डिजिटेक लि. भारतबीच महत्वपूर्ण ऐतिहासिक कार्यगत एकता गर्ने सम्झौता भएको छ । उक्त सम्झौता भएको महिना दिन नबित्दै फाष्ट वे रेडिएन्ट डिजिटेक लि. भारतका सह–चालक वलवीरसिंह डिसोडिया र कम्पनीका प्रमुख कार्यकारी अधिकृत संजय (अनिल) गोसाईँ काठमाडौं आईपुगेका छन् ।
डिभाईन स्ट्रिम नेटवर्कका प्रवन्ध निर्देशक प्रकाश चन्द्र घिमिरेको नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘यस सहकार्यको प्रारम्भमै दुवै कम्पनीका प्रतिनिधिहरुले यस सहकार्यलाई मूर्त रुप दिनको लागि आर्थिक, प्राविधिकलगायतका क्षेत्रहरुमा आपसी छलफल गरी नयाँ कार्यदिशा तय गर्नेछन् । साथै, संरचनागत क्षेत्रको सुक्ष्म अध्ययन तथा अन्वेषणका कार्य समेत गर्नेछन् ।’
कार्यक्रममा बोल्दै डिभाइन स्ट्रिम नेटवर्क (मेरो टिभी) का प्रवन्ध निर्देशक घिमिरेले यो महत्वपूर्ण सहकार्यबाट भारतका एम.ए.ओहरुमध्ये सबैभन्दा बृहत्त एम.एस.ओ फाष्ट वे रेडिएन्ट डिजिटेक र नेपालको बृहत नेटवर्कसहितको एम.एस.ओ डिभाइन स्ट्रिम नेटवर्क प्रा.लि. दुवैले अत्यधिक लाभ उठाउन सक्ने बताए ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम