Logo

दिदीले परिवारको ‘इज्जत फालेको’ भन्दै हत्या गर्ने भाईलाई आजीवन काराबास



पाकिस्तानमा दिदीको हत्या गर्ने भाईलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ । ‘परिवारको नाक काटेको’ भन्दै बहिनीको हत्या गर्ने व्यक्तिलाई शुक्रबार त्यहाँको अदालतले कारावासको सजाय सुनाएको हो । यसलाई ‘अनर किलिङ’ अर्थात् प्रतिष्ठाका नाममा हत्या भनिन्छ ।

सन् २०१६ मा बलोच मारिएपछि पाकिस्तानमा यो घटना निकै चर्चामा आएको थियो । सामाजिक सञ्जालमा लोकप्रीय बनेकी कदिल बलोच भनिने फौजिया अजिमलाई भाई मुहम्मद वसिमले विष खुवाएर हत्या गरेका थिए । हत्यामा दोषी ठहरिएका भाई वसिमले सामाजिक सञ्जालमा उनले राख्ने गरेको तस्बिरले परिवारको प्रतिष्ठामा आँच पुगेको भन्दै हत्या गरेको बयान दिएका थिए ।

परिवारले वसिममाथिको अभियोग फिर्ता गर्न खोज्दा अदालतले अस्विकार गरेको थियो । २५ वर्षीय वसिमले प्रतिष्ठामा आँच आउने गतिविधि गरेकाले स्थानीय नियमानुसार हत्या गरेको बयान दिएका थिए । त्यसमा आफूलाई कुनै पश्चाताप समेत नभएको बताएका थिए । दिदीलाई बेहोसीको औषधी दिएर घाँटी थिचेर हत्या गरेको बयान दिएका थिए । बयानमा भनेका थिए, ‘उनले परिवारको नाम बदनाम गरी ।’

पाकिस्तानमा इस्लामिक सरिया कानुन लागू गर्दै कतिपय स्थानमा महिलाको हत्या हुनेगरेको छ । महिलामाथि धर्मविरोधी गतिविधि गरेको भन्दै आफ्नै परिवारका सदस्यले हत्या गरेका घटना आइरहेका छन् ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot