Logo

कतार विश्वकपमा रक्सी सहज बनाइँदै, मूल्य घट्ने



कतार इस्लामिक देश हो । त्यहाँ जहाँ पायो त्यहीं रक्सी बन्देज छ । मूल्य यति चर्को छ कि सामान्य मानिसका लागि रक्सी पिउन कठिन छ । एक लिटर बियरको मूल्य १५ डलर अर्थात् १६ सय नेपाली रुपैयाँ तिर्नुपर्छ ।

अब विश्वकप फुटबल २०२२ लाई दृष्टिगत गरी कतारले रक्सीको सहज पहुँच बनाउँदैछ । जहाजी यात्राहरुको व्यवस्था गरेर रक्सी पिउने ठाउँ बढाउँदैछ । रक्सी पिउने सांस्कृतिक र धार्मिक क्षेत्रबाहेकमा खुलाउँदैछ । कतार विश्वकपका आयोजकले यसको खुलासा गरेका छन् ।

कतारले रक्सीको मूल्य पनि घटाउने भएकोछ । हालको मूल्य ३० प्रतिशतसम्म घटाउने भएको छ । कतारमा आउने फुटबल फ्यानहरुलाई दृष्टितग गरी रक्सीको मूल्य घटाउन लागिएको हो । यसले फ्यानहरुलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्