Logo

दशैंको मुखमा कार्यकर्तालाई शशांक कोइरालाको यस्तो निर्देशन



काठमाडौं, ११ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले कम्युनिस्ट शासनको प्रतिवाद जनता आफैंले गर्न थालेको बताए । उनले कम्युनिस्टहरु विचारबाट विचलित हुँदै गएको भन्दै नेपाली कांग्रेसको आदर्श, सिद्धान्तबाट अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिए ।

आउँदो प्रमुख चाडपर्वका अवसरमा कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ ले शनिबार नक्सालमा गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले नेपाली जनताले निरंकुश र एकतन्त्रीय शासनको प्रतिवाद गर्ने चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस्