Logo

आफ्नै नेताहरुको चरित्रका कारण कांग्रेसले चुनाव हार्यो : पौडेल



काठमाडौं, ११ असोज । प्रमु्ख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्तर्घातलाई पार्टी नेतृत्वले नै आमन्त्रण गर्दा समस्या आएको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाली कांग्रेस स्याङ्जा–काठमाडौं सम्पर्क समितिको शुभकामना आदन–प्रदान कार्यक्रममा बोल्दै उनले कम्युनिस्टका कारणभन्दा पनि पार्टी नेताहरुको चरित्र र कार्यशैलीका कारण नीति जितेर पनि कांग्रेसले हारेको बताए ।

नेता पौडेलले अब गम्भीर समीक्षा गरेर सुधारको प्रतिबद्धता व्यक्त गर्नुपर्ने उल्लेख गरे । पैसा र हिंसाको राजनीतिले लोकतन्त्र समाप्त हुने भन्दै उनले त्यस्ता गतिविधिमा नलाग्न नेताहरुलाई आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्