Logo

बिहान तातो पानी पिउँदा यस्ता फाइदा !



काठमाडौं, १२ असोज । जाडो याममा शरीरबाट पसिना कम निस्किने भएकाले पानी थोरै खाइन्छ । जाडोमा हामी शरीरलाई आवश्यक पर्ने मात्रामा पानी खान पनि चुकिरहेका हुन्छौँ ।यस्तोमा तातो पानी खाने बानी बसाले बढी मात्रामा पानी खाइन्छ ।

  • थकान महसुस भएको छ भने तातो पानीले नुहाउँदा थकान हट्छ ।
  • तोलगायत छालासम्बन्धी समस्या भएका व्यक्तिले तातो पानीले नुहाउनु उपयुक्त हुन्छ ।
  • तातो पानीमा अलिकति गुलाबजल मिसाएर नुहाउनाले छाला राम्रो हुन्छ । साथै, जीउ दुखेको पनि सञ्चो हुन्छ
  • तातो पानी खानाले शरीरमा रक्तसञ्चार सन्तुलित रहन्छ ।
  •  तातो पानीमा कागतीको रस र मह मिसाएर बिहान पिउने गर्नाले रोगप्रतिरोधी क्षमता बढ्छ ।
  • बिहान उठेर तातो पानी पिउनाले दिसा खलास हुन्छ, जसले गर्दा कब्जियतको समस्या रहन पाउँदैन ।
  •  तातो पानी खानाले हड्डी र जोर्नीसम्बन्धी समस्याबाट पनि राहत मिल्छ ।
  • मनतातो पानीले जोर्नीमा घर्षण कम गरिदिन्छ, जसकारण भविष्यमा बाथ रोग लाग्ने जोखिम कम हुन्छ ।
  •  श्वासप्रश्वास र किड्नीसम्बन्धी समस्या भएकाहरूले चिसो पानीको सट्टा मनतातो पानी पिउने गर्नुपर्छ ।
  • यस्तो समस्या भएकाहरूले चिसो पानी खाएमा किड्नी र फोक्सो बढी उत्तेजित हुने भएकाले समस्या आउन सक्छ ।
  •  चिसो मौसममा तातो पानी पिउने गरेमा रुघा, खोकीलगायत समस्याबाट छुटकारा पाइन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot