Logo

चार किलो गाँजा सहित पक्राउ



पर्सा,१२ असोज । चार केजी गाँजा सहित एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका ३१ मिलनचोक नवका टोल बस्ने सम्सुदिन मिया रहेका छन् । पर्सागढी नगरपालिका ४ भेडाहा टोलबाट अवैध लागूऔषध चार केजी गाँजा सहित १० असोजको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी मिलनचोकबाट संयुक्त रुपमा खटिएको टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot