Logo

मोटरसाइकल चोरी गर्ने पक्राउ



काठमाडौं, १२ असोज । मोटरसाइकल चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर मनहरी घर भएका सुजन लामा, धादिङ महादेवस्थान थाक्रे गाउँपलिका ४ घर भएका सुदिप परियार र धादिङ नेत्रावती गाउँपालिका ४ घर भएका राजन तामाङ रहेका छन् ।

काठमाडौं महानगरपालिका १५ हलचोकबाट पार्किङ गरी राखेको प्रदेश(३(०२(००१ ब ६८८ नम्बरको मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न उनीहरुलाई १० असोजको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मोटरसाइकल चोरी गरी फरार भएका उनीहरुको खोजी गर्ने क्रममा धादिङ खानीखोलाबाट चोरी भएको मोटरसाइकल सहित फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot