Logo

महँगी नभएको मन्त्री यादवको दाबी



काठमाडौं, १२ असोज । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृका प्रसाद यादवले महँगी नियन्त्रण भैसकेको दाबी गरेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा मन्त्री यादवले बजार अहिले नियन्त्रणमै रहेको जिकिर गर्दै महँगी नियन्त्रण भैसकेको बताएका हुन् ।

उनले भने,‘कसले भन्यो ? महँगी नियन्त्रणमा छैन भनेर ।’ दशैं सुरु भएसँगै मासुजन्य वस्तुको मुल्यवृद्धि भएको छ नि भन्ने प्रश्नमा पनि उनले बाहिर हल्ला भएजस्तो मासुको मुल्य वृद्धि नभएको जिकिर गरे । उनले भने,‘खसीको मासु नियन्त्रणमा आईसक्यो ।’

उनले कालोबजारी पनि नियन्त्रणमा आएको दाबी गरे । त्यस्तै, विचौलियाहरुको प्रभावकारी पनि न्यून भएको उनको भनाई छ । आपुर्तिमा कुनै समस्या नभएको बरु सहज वातावरण रहेको उनले सुनाए । उनले भने,‘खाद्यान्नदेखि केही कुराको पनि अभाव हुँदैन् ।’ यद्धपी उनले बजार अनुगमनमा जाने काम आफ्नो नभएको स्पष्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्