Logo

गगन थापाको गर्जनः ‘निरंकुश सरकारको प्रतिकार’



काठमाडौं, १२ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारको संरक्षणमा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट गरिएको आरोप लगाएका छन् । राजधानीमा आयोजित दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सत्ताको दुरुपयोग गरी नेपाल कम्युनिष्ट पार्टीले निषेधको राजनीति गरेको आरोप लगाए ।

‘सरकारको संरक्षणमा भिन्न मत राख्ने र आलोचना गर्नेहरुमाथि कुटपिट गर्न थालिएको छ,’ थापाले भने, ‘सरकार फाशिष्ट बन्यो । सरकार निरंकुश भइसकेको भन्दै नेपाली काँग्रेस चुप लागेर नबस्ने बताए ।’

कम्युनिष्ट सरकारले एकदलीय र निरंकुश चरित्र देखाएको भन्दै त्यसविरुद्ध काँग्रेस सशक्त रुपमा उभिने बताए । नागरिकले स्वतन्त्रपूर्वक बोल्ने नपाउने अवस्था आएको भन्दै त्यसको प्रतिकार गरिने चेतावनी दिए ।

भ्रष्टाचार अभियन्ता ज्ञानेन्द्र शाहीमाथि शनिबार चितवनमा कुटपिट भएपछि गगन थापा निकै कडा रुपमा बोल्न थालेका छन् । शाहीमाथि आक्रमणको सर्वत्र निन्दा भइरहेको छ ।

तस्बिरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot