Logo

देउवाले किन गरे अरु पार्टीसँग लड्ने कुरा ?



काठमाडौं, १२ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आँफैसँग लड्ने नभई अरुसँगै लड्नसक्ने पार्टी बनाउन सबै लाग्नुपर्ने बताएका छन् । नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकले आइतबार आयोजना गरेको ‘विजया दशमी, दिपावली, छठ र ल्होछार’को शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान कार्यक्रममा उनले पार्टीभित्र आफैँ झगडा गरेर पार्टी बलियो नहुने बताए ।

“झगडा गर्ने पार्टी नबनाऔँ”, सभापति देउवाले भने, “पार्टीभित्र आफू आफैँमा झगडा गरेपछि चुनावमा जनताले भोट हालेन भनेर कसरी भन्ने रु” उनले अन्तिम सत्य जनता भएकाले पार्टी जनतामाझ जानुपर्ने बताए । कम्युनिष्टको दुई तिहाइ सरकार छ भनेर कार्यकर्ता निराश हुनुपर्ने अवस्था नरहेको देउवाको भनाइ थियो ।

काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले पछिल्लो समयमा चीनका नेताको विचार पढेर त्यसलाई लागू गर्न खोजेको आरोप लगाए। काङ्ग्रेसले प्रतिपक्षमै रही नीतिगत पक्षमा अडान लिनसक्नुपर्नेमा पार्टी नेतृत्वले ध्यान दिनुपर्ने उनको भनाइ थियो । “नेतृत्वले नयाँ विचार, नयाँ दृष्टिकोण, नयाँ शैली, आचरण, व्यवहार र नयाँ संस्कार दिन सक्नुपर्छ”, नेता सिटौलाले भने ।



प्रतिक्रिया दिनुहोस्