काठमाडौं, १३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार मन्त्री र सचिवहरूसँग समीक्षात्मक बैठक राखे र सरकारी मुख्य आयोजनाहरूको काम ढिलो भएको तथा समन्वय नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन ।
अघिल्लो आर्थिक वर्षका चारवटा समीक्षा बैठकमा पनि प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरूसमक्ष यस्तै असन्तुष्टि पोखेका थिए । उनले बोल्ने शब्द केही तलमाथि होलान् तर आशय एउटै छ, ‘भनेअनुसार काम भएन । मन्त्रालयहरूबीच समन्वय पुगेन ।’डेढ वर्षअघि प्रधानमन्त्री बनेका ओलीले एउटै खालको निर्देशन दिइरहेका छन् ।
दुई तिहाइ बहुमतको शक्तिशाली सरकार बनेको डेढ वर्ष बितिसक्दा पनि काम किन सन्तोषजनक छैन त ? पूर्वसहरी विकास सचिव किशोर थापा आयोजनारविभागीय प्रमुख र विकासे मन्त्रालयका सचिवहरूको बारम्बार हुने हेरफेर, आयोजनामा आउने समस्या समयमै समाधान नगर्ने र आयोजनामा निर्माण गरिनुपर्ने सबै संरचनाको पटक–पटक गरेर ठेक्का आह्वान गर्ने प्रवृत्तिका कारण गौरवका सहित कुनै पनि ठूला परियोजनाको काम सन्तोषजनक ढंगले अघि बढ्न नसकेको बताउँछन् ।
‘ओली प्रधानमन्त्री भएपछि समेत आयोजनाहरूमा यसअघि देखिएका समस्या यथावत् छन् । मुलुक संघीय संरचनामा गएपछि कर्मचारी अलमलमा परेकाले पनि गेम चेन्जर परियोजनाको कामप्रति निराश हुनुपर्ने अवस्था आयो,’ उनले भने । ठूला आयोजनामा केन्द्रका मन्त्रालयहरूबीच मात्र नभई तीनै तहका सरकारबीच समन्वय नहुँदा स्थानीयस्तरमा अवरोधलगायत समस्या आउने गरेको पनि थापा बताउँछन् ।
अहिले जनस्तरका अधिकांश काम प्रदेश र स्थानीय सरकारले गर्छन् । संघीय सरकारको काम देखिनुपर्ने ठूलो आयोजनाहरूमै हो । यसमा प्रधानमन्त्री ओलीले भनेजस्तै अपेक्षित प्रगति हुन सकेको छैन ।कान्तीपु दैनिकमा समाचार छ ।