साउदी राजा सलमानका बडिगार्ड मेजर जनरल अब्दुल अजिज अल फागम जेदास्थित रेड सी पोर्टमा रहेको साथी मामदु विन मेसाल अली अलीको घर गएका थिए । उनीहरु त्यहाँ अन्य साथीहरुका साथ बसिबियालो गरिरहेका थिए ।
दुवैबीच विवाद भयो । अली यति आक्रोशित भए । कोठाबाट बाहिर गएर हतियार बोकेर आए । अन्धाधुन्दा हतियार चलाए । घटनामा एकजना साउदी नागरिक र फिलिपिनो पनि घाइते भए ।
घटनामा अल फागम मारिए । उनको हत्या भएलगत्तै साउदी प्रहरी घटनास्थल पुग्यो । गोली चलाउने अलीलाई आत्मसमर्पण गर्न भन्यो । तर, उनले मानेनन् । साउदी प्रहरीले उनलाई गोली हानी मारिदियो । उक्त घटनामा पाँच जना साउदी सुरक्षाकर्मी घाइेत भए ।
साउदी राष्ट्रिय समाचार एजेन्सीले घटनास्थलका प्रत्यक्षदर्शी र प्रहरीसँग कुराकानी गरी यो रिपोर्ट तयार गरेको छ । प्रकाशित रिपोर्ट अनुसार राजा सलमानका बडिगार्ड अल फागम साथीसँग व्यक्तिगत झगडाका क्रममा मारिएका हुन् ।
राजा सलमानका विश्वासपात्र सैनिक अधिकृतको हत्याले धेरै आशंकाहरु भइरहँदा त्यहाँको समाचार एजेन्सीले घटनाको कारणबारे खुलाएको छ । Photo Source: Agency