काठमाडौं, १३ असोज । फिलिपिन्सको सिबुमा आयोजित ७ औं कराते डो गोजुकाइ कराते एसिफिक प्रतियोगितामा पहिलो दिनको प्रतिस्पर्धामा नेपालका खेलाडी सञ्जय तामाङले रजत पदक हासिल गरेका छन् ।
विभिन्न देशका प्रतिस्पर्धि खेलाडीहरू पराजित गर्दै अगाडि बढेका उनी हङकङका खेलाडीसंग पराजित भएका थिए । तामाङले हासिल गरेको रजत पदकमा खुशी ब्यक्त गर्दै नेपाल गोजुकाइ कराते संघका उपाध्यक्ष तथा यस प्रतिस्पर्धामा नेपालका प्रशिक्षक अच्युतराज उप्रेतीले देशको लागि पदक प्राप्त भएकोमा आगामी खेलमा स्वर्ण पदक प्राप्त हुने आशा व्यक्त गरे ।
नेपालको तर्फबाट मनिष तामाङ र अनुरति कार्कीले यश स्पर्धामा भाग लिइरहेका छन ।