चिनियाँ राष्ट्रपति सी जिङपिङ हत्तपत्त झुक्दैनन् । तर, उनी माओत्से तुङको समाधिस्थलमा उभिएर झुकेका छन् । त्यो पनि एकपटक होइन तीनपटक ।
चीनमा कम्युनिष्ट सत्ताको ७० औं वर्षगाँठका अवसरमा बेइजिङस्थित तियानमेन स्क्वायरको मुटुमा अवस्थित माओको समाधिस्थलमा तीनपटक झुकेको समाचार चिनियाँ समाचार संस्था सिन्ह्वाले प्रकाशित गरेको छ । माओको शवलाई तियानमेन स्क्वायरमा सुरक्षित साथ राखिएको छ ।
यसअघि छ वर्ष अघि सी ले माओको १२० औं स्मृति दिवसमा झुकेका थिए । माओको नेतृत्वमा कम्युनिष्ट क्रान्ति भई चीन नयाँ युगमा प्रवेश गरेको थियो । तर, सांस्कृतिक क्रान्तिका बेलामा धेरै मानिस मारिनुका साथै श्रम शिविरमा पठाइएका थिए । वर्तमान राष्ट्रपति सी जिङपिङका बाबु पनि श्रम शिविरमा पठाइएका थिए ।
–एजेन्सी, Photo Source: Mark Schiefelbein/AP