Logo

अवैध चाँदी सहित पक्राउ



धनुषा, १३ असोज । प्रहरीले छुट्टाछुट्टै स्थानबाट करिब सात केजी पाँच सय ग्राम चाँदी सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मधुबनी बस्ने कुन्दन ठाकुर र धनुषा जनकपुर उपमहानगरपालिका ६ बस्ने सुरज ठाकुर रहेका छन् ।

नगराईन नगरपालिका २ स्थित नगराईन बजारबाट बा.११ च १२५० नम्बरको टाटा सुमोमा सवार उनीहरुलाई सात केजी पाँच सय ग्राम चाँदी सहित ११ असोजको साँझ प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको उक्त गाडीलाई सिमा प्रहरी चौकी लग्माबाट खटीएको चेकिङ टोलीले जाँचको लागि रोक्न खोज्दा नरोकी फरार भएपछि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र सोही चौकीबाट खटीएको प्रहरीले नगराईन बजारमा फेला पारी जाँच गर्दा सुमोभित्र प्लाष्टिकको झोलामा लुकाइ ल्याएको चाँदी सहित उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । फरार रहेका गाडीका चालकको प्रहरीले खोजी गरिरहेको बताएको छ



प्रतिक्रिया दिनुहोस्

Screenshot