काठमाडौं, १३ असोज । सभामुख कृष्णबहादु महरामाथि गम्भीर आरोप लागेको छ । संसदमा कार्यरत एक महिला कर्मचारीमाथि जर्बजस्ती गरेको आरोप लागेपछि उनीमाथि राजीनामाको दबाब बढेको हो ।
महरालाई तीनकुनेमा डेरा गरी बस्ने महिलाले जर्बजस्ती गरेको आरोप लगाएकी छिन् । महिलाले आफूमाथि जर्बजस्ती भएको प्रमाणसहित प्रहरीमा उजूरी समेत दिएकी छिन् । घटनास्थलमा महराको फुटेको चश्मा समेत फेला परेको दाबी गरिएको छ । महिलाले महराको फुटेको चश्मा सार्वजनिक गरिसकेकी छिन् ।
हाम्रा कुरा अनलाइनले घटनास्थलको तस्बिरहरु सार्वजनिक गरेको छ । उसले महराले जर्बजस्ती गरेको उल्लेख समेत गरेको छ ।
महराले तीनकुनेस्थित महिलाको डेरामा पुगेको स्वीकार गरेपनि जर्बजस्ती नभएको दाबी गरेका छन् । तर, उनीमाथि महिलालाई चुप लाग्न दबाब दिइएको उल्लेख छ । यस घटनाले गम्भीर रुप लिएको छ ।
जर्बजस्ती काण्डमा सभामुख महरा मुछिएपछि उनीमाथि राजीनामाको दबाब बढेको छ । सभामुख जस्तो गरिमामयी पदमा पुगेको व्यक्तिले महिलालाई उनकै कोठामा गई जर्बजस्ती गरेपछि राजीनामाको दबाब बढेको हो ।
तत्कालिन माओवादी केन्द्रबाट सभामुख निर्वाचित महरा विगतमा पनि विवादमा आएका थिए । उनले चिनियाँ व्यापारीसँग पैसाको लेनदेन गरेको अडियो टेप बाहिर आएको थियो । तर उनीमाथि कुनै कारबाही हुन सकेन ।
रोल्पा स्थायी घर भएका महरा बहुदलपछिको पहिलो निर्वाचनमा रोल्पाबाट निर्वाचित भएका थिए । त्यसपछि भूमिगत माओवादीमा लागेका उनी शान्ति प्रक्रियापछि सत्ताको वरिपरि रहे । माओवादी अध्यक्ष प्रचण्डको नजिक रहेर काम गर्दै आए । महरा टेपकाण्डमा बचेपनि यसपटकको महिलामाथि जर्बजस्ती काण्डमा बच्न कठिन भएको उनकै दलका एक प्रभावशाली नेताले रिपोर्टर्स नेपाललाई बताए । उनलाई नेकपाभित्रबाट राजीनामाको दबाब दिइसकिएको छ ।-फाइल तस्बिर