Logo

नवरात्रीमा यसकारण गरिन्छ चन्द्रघण्टाको पूजा



काठमाडौं, १४ असोज । आज नवरात्रिको तेस्रो दिन नवदुर्गाको पूजाआराधना गरि मनाईदै छ । धार्मिक शास्त्र अनुसार मङ्गलबार देवीको तेस्रो स्वरूप चन्द्रघण्टाको पूजा गरिने चलन रहेको छ।

नवरात्रको तेस्रोदिन अर्थात् आश्विन शुल्क तृतीयाको दिन यिनै चन्द्रघण्टाको ध्यान, उपासना, पाठ एवं आराधना गरिन्छ । चन्द्रघण्टाको आराधना गर्नाले सबैप्रकारको दुःख, कष्ट नाशहुने र सबैप्रकारको बाधा हट्ने जनविश्वास छ ।

चन्द्रघण्टालाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छन् । चन्द्रघण्टालाई विशेषगरि दुधको परिकार प्रिय छ । चन्द्रघण्टालाई वैज्ञानिक दृष्टिले अर्थात् सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ ।

भगवान् शिवसँग विवाहपश्चात् देवीको शिरमा घण्टास्वरूपको चन्द्रमाले सुसज्जित रहेका कारण देवीको नाम चन्द्रघण्टा रहन गएको मान्यता रहदै आएको छ ।

देवीको शिरमा सुसज्जित चन्द्रघण्टाको स्वरले सबै आसुरी शक्ति हट्ने विश्वास गरिन्छ, तसर्थ देवीले बोकेका सबै शस्त्रअस्त्रको सहयोगबाट भक्तजनको कल्याणका लागि युद्धमा सफलता पाउने विश्वास छ ।



प्रतिक्रिया दिनुहोस्