Logo

नेपाल र अस्ट्रेलियाबीच हवाई सम्झौता



काठमाडौं, १४ असोज । नेपाल र अस्ट्रेलियाबीच हवाई सेवा सम्झौता सम्पन्न भएको छ । सोमबार राती भएको दुई देशबिच सम्झौता भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

उक्त सम्झौतामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य र अस्ट्रेलियाको संघीय पूर्वाधार, यातायात, शहरी एवं क्षेत्रीय मन्त्रालयका कार्यकारी निर्देशक जिम होल्फले हस्ताक्षर गरेका छन् ।

क्यानडाको मन्ट्रीयलमा रहेको आइकाओ प्रधान कार्यालयमा भएको सम्झौता अनुसार अब दुबै देशका जुनसुकै प्रकारका विमानले हप्तामा ७ वटासम्म उडान गर्न पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्