Logo

नेकपाले बोलायो आकस्मिक सचिवालय बैठक, महराबारे छलफल



काठमाडौं, १४ असोज । विहानै नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच छलफल भयो । दुवै नेताले महिलामाथि जर्बजस्तीको आरोप लागेका सभामुख कृष्णबहादुर महराको राजीनामाका बारे छलफल गरे । स्रोतका अनुसार दुवै नेताले राजीनामा दिन सुझाव दिएपछि महरा तयार भए ।

महराले राजीनामा दिएको घोषणा गरिसकेका छन् । उनको राजीनामा घोषणापछि भावी रणनीतिका बारे छलफल गर्न नेकपाको आकस्मिक सचिवालय बैठक डाकिएको छ ।

सचिवालय बैठकमा पार्टी र सरकारमाथि थपिएका चुनौतीबारे पनि छलफल हुने बुझिएको छ । पछिल्लो समय सरकारलाई बदनाम हुने गरी गतिविधि भएकोबारे गम्भीर विषय नेकपाभित्र उठ्दै आएको छ । यसै परिप्रेक्ष्यमा बस्न लागेको आकस्मिक सचिवालय बैठकलाई अर्थपूर्ण मानिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्

Screenshot