Logo

यी हुन् महरामाथि जर्बजस्तीको आरोप लगाउने महिला



काठमाडौं, १४ असोज । बहालवाला सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्तीको आरोप लगाएपछि उनले पदबाट राजीनामा दिएका छन् । घटनाको छानविनका लागि मार्ग प्रशस्त गर्न भन्दै महराले मंगलबार राजीनामा बुझाएका छन् ।

एक महिलामाथि जर्बजस्तीको आरोप लागेपछि महरा राजीनामा दिन वाध्य भए । ती महिला को हुन् ? संसद कार्यालयकी कर्मचारी ती महिला तीनकुनेमा कोठा लिएर बस्दै आएकी छिन् । उनको परिवार अमेरिकामा छ ।

विश्वस्त स्रोतका अनुसार महिलाको परिवारसँग महराको नजिकको सम्बन्ध रहँदै आएको थियो । नेपाल कम्युनिष्ट पार्टीका नेताहरुसँग उनको निकता छ । उनले कतिपय नेताहरुसँग बसेर खिचाएको तस्बिर रिपोर्टर्स नेपाललाई प्राप्त भएको छ ।

महिलाको कोठामा आइतबार राति महरा पुगेको दाबी गरिएको छ । उनले फुटेको चश्मा र जुत्ता समेत प्रमाणका रुपमा राखेकी छिन् । यसबारे प्रहरीमा उजूरी नआएको भन्दै छानविन अगाडि बढाइएको छैन ।

घटनाको छानविन कसरी हुने हो प्रतिक्षाको विषय हो । तर, महिलालाई प्रभावित पार्न र त्रसित पार्न खोजिएको विषय बाहिर आएको छ । यसकारण यो घटना थामथुम हुनसक्ने सम्भावना उत्तिकै छ । Photo: Social Network



प्रतिक्रिया दिनुहोस्