Logo

रातभरमा घटना मोडियो; अब महराको राजीनामा के होला ?



समाचार विश्लेषण । आइतबार साँझ तीनकुनेस्थित रोशनी शाहीको तीनकुनेस्थित डेरामा एउटा घटना घट्छ । जसमा उनीमाथि जर्बजस्ती गरिएको र झडप समेत भएको विषय प्रहरीको हटलाइनसम्म पुग्छ ।

घटनाबारे बुझ्न प्रहरी पुग्छ । महिलाले उजूरी हाल्न मान्दिनन् । उनी मिडियाको सम्पर्कमा पुग्छिन् । आफूमाथि भएको भनिएको जर्बजस्तीबारे घटनास्थल देखाउने देखि अन्तवार्ता दिई खुलाउँछिन् । यसले नेपाली राजनीतिमा समेत तरंग ल्याउँछ ।

सोमबार दिनभर मिडियामा पुगेको यो विषयले महराको चरित्र धमिल्याउने अवस्था बन्छ । यसबारे उनको सचिवालयले प्रेस विज्ञप्ति जारी गरी खण्डन गर्छ । तर, घटनाबारे जनमानसमा नकारात्मक सन्देश गइसक्छ ।

मंगलबार विहानै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड बसेर यस विषयमा टुंगा लगाउँछन् । लगत्तै सचिवालय बैठक बसेर निवर्तमान सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन सुझाव दिन्छन् । महराले घटनाको छानविनका लागि भन्दै त्यस अवधिसम्मका लागि राजीनामा दिन्छन् ।
तर, सोमबार रातभर परिस्थिति परिवर्तन भइसकेको हुन्छ । एउटा मिडियालाई आफूमाथि जर्बजस्ती भएको भन्ने रोशनी शाही अर्को मिडियालाई अर्कै बयान दिन्छिन् । उनले आफू मानसिक समस्यामा परिरहेकोले गलत आरोप लगाएको बताउँछिन् ।

यो घटनालाई विश्लेषण गर्दा कि त घटना घटेको हो कि त महिलाले त्यसलाई कुनै प्रभावमा परी बयान फेरिन् । कि त घटना घटेको नभई महिलाले नियोजित रुपमा आरोप लगाइन् । वास्तविक जे भएपनि महिलाले नेपालको मिडियालाई आफ्नो स्वार्थमा प्रयोग गरिन् ।

एक राति अघि पछि बदलिएको महिलाको बोली र राजीनामा दिइसकेका निवर्तमान सभामुख कृष्णबहादुर महराको पद के हुने हो ? उनले राजीनामा दिएपनि स्वीकृत भइसके नसकेको खुलेको छैन । यसै पनि उनी घटनामा मुछिइसकेका छन् । यसको अनुसन्धान शुरु हुँदै गर्दा महिलाको बोली फेरिएको छ । यसले महराको दाबीमा बल पुगेको छ । तर, जनमानसमा महराप्रति धारणा नकारात्मक भइसकेको अवस्थामा उनी पदमै रहिरहने नरहने टुंगो लाग्न बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot