चीनसँग यस्तो हतियार रहेको छ जसले ३० मिनेटमा अमेरिका पुग्ने क्षमता राख्छ । अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र चीनमा कम्युनिष्ट सत्ताको ७० औं वर्षगाँठमा प्रदर्शन गरियो ।
हतियारको प्रदर्शनबारे संसारभर चासो भयो । जसमध्ये नयाँ हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र पनि थियो । यो क्षेप्यास्त्र यति खतरनाक हुन्छ कि जसले आणविक हतियार समेत बोक्न सक्छ । यसको मतलब चीनले अमेरिकामा कुनैपनि मार हान्नुपर्दा मात्र ३० मिनेट लाग्छ । यो हाइपरसोनिक क्षेप्यास्त्र ठम्याउन कठिन हुन्छ ।
८० मिनेट लामो परेडमा हतियार समेत प्रदर्शन भयो जसको संसारले रुचीपूर्वक हेर्यो । डि एफ ४१ अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल १२ हजार देखि १५ हजार किलोमिटर टाढासम्म मार हान्न सक्छ । यो दूरी आधा पृथ्वीभन्दा बढी हो ।
जे एल २ मिसाइल आणविक नौसैनिकबाट प्रहार गर्न सकिन्छ । एच क्यु ९ बी जमिनबाट हावामा मार हान्ने मिसाइल हो जसको विशेष क्षमता छ ।
परेडमा १६० सैनिक विमान, ५८० सैनिक उपकरण र १५ हजार सैनिक सहभागी थिए । चीनको यो भव्य समारोह हो ।
सैन्य खर्च बढाउँदै लगेको चीनले सने २०१८ मा २५० अर्व डलर खर्च गरेको थियो । जुन अमेरिकाको तुलनामा आधाभन्दा कम हो । चीनको सैन्य खर्च बढ्दैछ । –एजेन्सीको सहयोगमा Photo: CCTV