Logo

त्रिकोणात्मक टी २० सिरिजमा नेपाल जिम्बाब्वेसँग पराजित



काठमाण्डौ । त्रिकोणात्मक टी २० सिरिजमा नेपालले जिम्बाब्वेसँग दोस्रो हार व्यहारेको छ ।

केहीबेर अघि सम्पन्न खेलमा जिम्बाब्वेले नेपाललाई ४० रनले हराएको हो । सिंगापुरमा जिम्बाब्वेले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो ।

विनोद भण्डारीले व्यक्तिगत ३३ र आरिफ शेखले २५ रन बनाए पनि नेपाली व्याट्सयानहरुले ठूलो साझेदारी हुन सकेन । नेपालको सुरुवात राम्रो रहेन । इशान पाण्डेको स्थानमा टिममा आएका पवन शरार्फले खाता नै खोल्न सकेनन् । उपकप्तान दीपेन्द्र सिंह ऐरी पनि मात्र चार रनमा आउट भए, जतिबेला टिमको स्कोर मात्र ५ रन थियो । पारस खड्का पनि १२ रनमा आउट भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्बेले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६० रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान २–२ विकेट लिए ।

सोमपालले चार ओभर बलिङ गर्दै १५ रन खर्चिएर दुई विकेट लिए ।सन्दीपले ४ ओभरमा २७ रन खर्चिएर दुई विकेट लिए । अब नेपालले भोलि सिंगापुरसँग खेल्नेछ र घरेलु टोलीलाई हराउन सके जिम्बाब्वेसँग फाइनल खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्