Logo

महरामाथिको बलात्कारको आरोप र राजीनामा प्रकरण न्युयोर्क टाइम्समा



काठमाडौं, १५ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको बलात्कारको आरोप र राजीनामा प्रकरणबारेको खबर नेपालभित्र मात्र नभई सँसारभर चर्चाको विषय बनेको छ । नेपाली मिडियाले यो विषयलाई प्राथमिकताका साथ प्रकाशन र प्रशारण गरिरहँदा विश्वप्रशिद्ध पत्रिका न्युयोर्क टाइम्सले पनि खबर छापेको छ ।

न्युयोर्क टाइम्सका लागि भद्र शर्माले महरामाथि संसदकी कर्मचारीले बलात्कारको आरोप लगाएको लेखेका छन् । आइतबार रातिको घटनाका कारण महरामाथि राजीनामाको दबाब परेको उल्लेख छ । समाचार अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले महरालाई राजीनामा दिन भनेका थिए । त्यसलगत्तै महराले राजीनामा दिए। तर, महरा सांसदका रुपमा रहिरहने उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot