Logo

‘बहुविवाह गरेको’ भन्दै नेम्वाङमाथि रोशनी शाहीले गरिन् कारबाहीको माग



काठमाडौं, १५ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्ती करणीको गम्भीर आरोप लगाएकी रोशनी शाहीले नेताहरुको भण्डाफोर अभियान चलाउने बताइरहँदा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई कारबाही गर्नुपर्ने लेखेकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा शृंखलावद्ध पोष्ट गर्ने क्रममा नेम्वाङले बहुविवाह गरेकाले कारबाही गर्नुपर्ने लेखेकी हुन् ।

‘बहुविवाह गर्ने उपनेतालाई पनि कारबाही हुनुपर्छ न्याय दुवैलाई समान हुनुपर्छ,’ रोशनीले फेसबुकमा लेखेकी छिन् । पूर्व सभामुख समेत रहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता नेम्वाङले महराले राजीनामा दिएकाले सभामुख पदमा नरहेको टिप्पणी गरेका थिए ।

नेम्वाङको टिप्पणीपछि रोशनीले फेसबुकमा उनीविरुद्ध पोष्ट गरेकी हुन् । निवर्तमान सभामुख महरालाई गम्भीर आरोप लगाएकी उनले मंगलबारबाट बयान फेरेकी छिन् । महरालाई हानी पुग्ने अभिव्यक्ति दिनेविरुद्ध रोशनी प्रस्तुत हुँदै सामाजिक सञ्जालमा सक्रिय भएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्