Logo

सरकारले रोशनी शाहीलाई सुरक्षा दियो, असई खटाईयो



काठमाडौं, १५ असोज । कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने संघीय संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई सरकारको निर्देशनअनुसार प्रहरीले सुरक्षा दिएको छ ।

शाहीलाई सुरक्षा दिन प्रहरीले एक जना प्रहरी सहायक निरीक्षक खटाएको छ । शाहीले आफूमाथि महराबाट बलात्कार भएको भनेर बोलेको भोलिपल्टै बयान फेरकी थिईन् । उनले हिजोमात्रै आफूलाई फसाईएको बताउँदै यो प्रकरणमा महराको कुनै दोष नभएको जिकिर गरेकी थिईन् ।

तर, मिडियामा महराले शाहीलाई जबरजस्ती गरेर बोल्न लगाएको र बेपत्ता बनाईएको हल्ला चलेको थियो । त्यसैलाई मध्यनजर गर्दै प्रहरीले शाहीको सुरक्षामा प्रहरी खटाएको हो ।



प्रतिक्रिया दिनुहोस्