काठमाडौं, १५ असोज । नेपाली काँग्रेसका नेता धनराज गुरुङ निडर छन् । उनी बोल्न डराउँदैनन् र जायज बोल्छन् । उनीसँग नेपाली रेडियो नेटर्वकको नेपाली बहसका लागि ऋषि धमलाले गरेको विशेष कुराकानीः
कृष्णबहादुर महरा प्रकरणमा कांग्रेसको धारणा के छ ?
कृष्णबहादुर महराजी जुन खालको हर्कत देखाउनुभएको छ । यो काम कुनै पनि सर्वसाधारणले गर्नुहुँदैन । त्यसमा पनि उहाँ त मुलुकको सम्माननीय पदमा रहेर एकजना महिलामाथि जसरी दुव्र्यवहार गर्नुभयो ती महिलाले मलाई दुव्र्यवहार गरियो भनेर भिडियोसहित मिडियामा आएको अवस्था छ । यसले संसद्को इज्जत माथि धज्जी उडाएको छ । समग्रमा भन्नुपर्दा महिलामाथि गरिएको यो दूव्र्यवहारले समग्रमा नेपाली राजनीतिालई नै संकटमा पुर्याएको छ । यसर्थ उहाँले सभामुख पदबाट त राजीनामा दिइसक्नुभएको छ । अब सांसद पदबाट पनि राजीनामा दिनुपर्छ । यस्तो खालको घटना घटाउँदा सर्वसाधारणले जुन खालको कानुनी कारबाही हुन्छ त्यही कानुनी सजाय उहाँलाई पनि हुनुपर्छ ।
रोशनीजीले उजुरी दिन इन्कार गरेकी छन् अब के हुन्छ ?
प्रमाणसहित मिडियामा आइसकेको र यसकै कारणले उहाँले पदबाट राजनीतिमा पनि दिइसकेको अवस्थामा फेरि पीडित पक्षले उजुरी दिनुपर्छ भन्ने लाग्दैन । त्यसको उदाहरणका लागि सालिकराम पुडासैनीको जब भिडियो बाहिर आयो । पुडासैनी परिवारले रवि लामिछानेको विरुद्ध कुनै किटानी जाहेरी दिएका थिएनन् । यही प्रशासनले भिडियाको आधारमा रवि लामिछानेलाई समातेर थुनेको थियो । जब पीडित महिलाको बयानको भिडियो बाहिर आइसकेपछि उहाँ तुरुन्त प्रहरी पक्राउ गर्नुपर्दैन । नेपालको समस्या यही छ । सर्वसाधारणलाई कानुन लाग्ने ठूला–ठालुलाई कानुन नलाग्ने हुन्छ ।
महिलाले त बयान फेरिन् नि ?
बयान त उनले दबाबमा फेरिन् कि । उनलाई दबाब भयो होला । त्यसको अनुसन्धान गर्नुपर्दैन ?
पीडित महिलाले कसरी बयान फेरिन् जस्तो लाग्छ तपाईं ?
मलाई दबाबकै कारणले फेरेकी हुन् जस्तो लाग्छ । यहाँ जहिले पनि पीडकलाई उम्काउने परम्पराको विकास भएको छ । त्यसकारण बलात्कारका घटनाहरु दिनदिनै बड्दै गएको छन् । कारण नै यही हो । कुनै महिला बलत्कृत हुन्छिन् । त्यसपछि उनलाई गच्छेअनुसार ललाई, फकाई, लोभलालच देखाई, डर, त्रास, दबाब आदि जुनसुकै हर्कत गरेर बयान फेर्ने चलनले गर्दा यस्ता घट्नाहरु झन्झन् बढ्दै गइराखेको छ । यो घटना त झन् राज्यको एउटा सम्मानित पदमा रहेको व्यक्ति जोडिएकोले यसलाई छिटोछिटो छानविन गर्नुपर्छ भन्ने लाग्छ । उहाँ त सर्वसाधारण मान्छे होइन नि । कुनै मुलुकको सभामुख जस्तो सम्मानित पदमा बसेको व्यक्तिले घटनाएको हुनाले यसमा राज्य मुकदर्शक भएर बस्नुहुँदैन । पर्खेर बस्ने विषय यो होइन यसमा राज्य प्राथमिकतासाथ लाग्नुपर्छ भन्ने मलाई लाग्छ ।
कृष्णबहादुर महरा अब सभामुखको रुपमा देखिने अवस्था छैन ?
उहाँले आफ्नो विज्ञप्तिमा जे भाषा राखे तापनि अब सभामुख हुने सम्भावना पटक्कै हुँदैन । संविधानको धारा ९१ को उपधारा ६ (ख) ले स्पष्ट व्यवस्था गरेको छ । पदबाट राजीनामा दिएपछि सिद्धियो । राजीनामामा उहाँले काइते भाषा लेख्नुभएको छ । त्यस्तो खालको भाषा लेख्ने नै होइन । राजनीतिमा जस्तोसुकै भाषाले लेखको भए पनि सभामुख कृष्णबहादुर महाराले पदबाट राजीनामा दिनुभयो भन्ने मात्रै संविधानले जान्द छ । जस्तो भाषा लेखेको भए पनि अरु केही जान्दैन । अब भिडियोसहित आएको दुनियाँलाई थाहा छ । आज कुनै दबाबमा परेर पीडित महिलाले आफ्नो बयान फेरिन् होला । महिलो दबाबका भरमा सत्यलाई छोडेर असत्य बोल्दा दुनियाँ त्यसको पछि लाग्नुहुँदैन । राज्यसत्ता पनि एउटा व्यक्तिको लागि असत्यको पछि लाग्न सक्दैन । त्यसकारण उहाँको सभामुखको पदम बहाली हुन सम्भावना छैन ।
यसअघि पनि हाम्रा नेताहरुलाई यौनकाण्ड लाग्दा जेल नगएको उदाहरण त धेरै छन् नि ?
हो, अहिलेसम्म यस्तै भएर यो मुलुक बिग्रिएको हो । यहाँ सानालाई ऐन, ठूलालाई चैन भनेको यही हो । त्यसैले अब यस्ता घटना घटाउने व्यक्ति जस्तोसुकै पदमा विराजमान भएको भए पनि छोड्नु हुँदैन । पद र शक्तिका आधारमा अपराधीलाई छुटकारा दिने चलनले नै यो मुलुक अतैतिक, अराजक र भ्रष्टिकरण भएको हो । अहिलेसम्म ठूलै मान्छेहरुबाट देशमा विकृति, विसंगति, भ्रष्टाचार हुँदै आएको छ । यस्तालाई पनि कानुनी रुपमा छोड्नु हुँदैन । सम्मानीय प्रधानमन्त्रीलाई यो एउटा अवसर पनि हो । जुनसुकै पदमा रहेको भए पनि अपराधीलाई छोड्नु हुँदैन । कारबाही गर्नुपर्छ कानुन लाग्छ भन्ने डरको अनुभूति ठूलालाईं पनि हुनुपर्छ । अहिलेसम्म ठूला व्यक्तिहरुबाटै धेरै अपराधिक र अनैतिक कार्यहरु हुँदै आएका छन् । ठूलो व्यक्तिले पद र शक्तिको आडमा गर्ने विकृति विसंगतिको अन्त्य गर्ने काम गर्नुपर्छ सरकार र प्रधानमन्त्रीलाई यो एउटा अवसर पनि हो ।
अघिल्लो दिन उनै महिलाले भनिन्, ‘कृष्णबहादुर महराले मलाई यौन दुव्र्यवहार गर्यो, भोलिपल्ट उनैले उहाँ त मेरो बाबुसम्मको मान्छे अब के हुन्छ’ ?
उहाँले जसरी मिडियामार्पmत भिडियोसहित सार्वजनिक गर्नुभएको छ । त्यो भिडियोमा उहाँले आफ्ना कुरा भनिरहँदा उहाँको मोबाइलमा पटक–पटक कृष्णबहादुर महराको फोन आएको छ । त्यो भिडियोमा ‘यी मलाई महराको फेरि पनि फोन आएको छ’ भन्नुभएको छ । त्यसमा महराजीले यसलाई सामान्य घटना भनिदिनुप¥यो भनिएको अवस्था छ । उहाँ महिलाले पनि ‘हिजो गर्नुबेलामा जे पनि गर्ने अहिले सामान्य भन् भन्ने’ भन्नुभएको छ । यो कुराले के जनाउँछ भने सत्य त्यहीनेर छ । २४ घण्टापछि बयान फेरिनु असत्य हो । अब राज्य सत्यको पक्षमा लाग्ने कि असत्यको पक्षमा लाग्ने । जनता सत्यको पक्षमा लाग्ने कि असत्यको पक्षमा लाग्ने भन्ने हो । अब एउटा व्यक्तिको लागि सिंगो नेकपालाई भ्रष्टिकरण, अनैतिक, अराजक बनाउनेतिर अभैm लिएर जाने कि पूर्णबिराम लगाउने भन्ने हो । यसमा त केकपाको नेतृत्व पनि लागेको होला । त्यसकारण सत्य त्यो हो जति बेला महिलाको भिडियो सार्वजनिक भयो जसको कारणले महराले राजीनामा दिनुभयो सत्यी हो । पीडित महिलाले मलाई अन्याय भयो, उहाँबाट म बलात्कृत भएँ भनेर भिडियोमा सार्वजनिक गर्दा पनि अरु प्रमाण खोज्ने, बयान फेर्ने अनि फेरि अरु त्यसको पछि लाग्ने गर्नुहुँदैन । म आपैmले त्यो भिडियो हेर्दा पनि प्रष्ट देखिएको छ । त्यसमा दुई÷दुई पटक फोन गरेर महराले यो घटनालाई सामान्य भनिदिनुप¥यो भनेको छ । यति हुँदाहुँदै अब सत्य–असत्य भनेर खोज्ने कुरै छैन । त्यही हो सत्य । असत्य कुरा त जति खोज्दै हिँडे पनि हुन्छ नि ।
महराको व्यक्तमा म निर्दोष हुन सक्छु सभामुख भएर फेरि आउँछु भनेर उहाँको प्रेस सल्लाहकारले भनेको छ नि ?
राजनीतिक कुरा केही जान्दै नजानेको मूर्तिको रुपमा राखिदिएको हो भने मलाई केही भन्नु छैन । होइन भने सभामुख जस्तो मान्छेलाई थाहा हुँदैन ? मैले अघिनै धारा पनि उल्लेख गरेको छु । त्यसमा राजीनामा भन्ने शब्द उल्लेख भएपछि त्यो राजीनामा कही कतै फिर्ता हुँदैन । यसमा प्रधानमन्त्री, मन्त्री, सभामुख मात्र होइन जग्गै किन्दा पनि राजीनामा भनेपछि त्यो जग्गा फिर्ता आउँछ ? आउँदैन त्यसैले कहिं कतै नभएको चलन यहाँ हुँदैन भन्ने मलाई लाग्छ ।
कृष्णबहादुर महराले राजीनामा दिएपछि तपाईहरुले पाउने आशा गर्नुभएको हो ?
त्यो त संविधानमा प्रष्ट रुपमा भनेको छ, ‘सभामुख र उपसभामुख महिला र पुरुष हुनुपर्ने, त्यही धारामा अर्को उल्लेख छ सरकारभन्दा फरक पार्टीको हुनुपर्छ भनेको छ । सभामुख विदा भइसक्नुभयो त्यसको लागि संविधानमै फरक पार्टीको हुनुपर्छ भनेर उल्लेख छ । संविधानमा उल्लेख भएबमोजिम नै कांग्रेस अगाडि बढ्छ ।
सभामुख र उपसभामखु मध्ये एउटा कांग्रेसले पाउनुपर्छ हो ?
हो, निश्चित रुपमा कांग्रेसले पाउनुपर्छ । यसै अनुरुप कांग्रेस अगाडि बढ्छ र मुलुकको संविधानमा पनि त्यही छ ।
महरा प्रकरणमा कांग्रेस सकडमा जान्छ ?
यो ठूलो घटना हो । यसमा त मुलुकको अस्मिता जोडिएको छ । त्यसकारण यसलाई नेपाली कांग्रेसले अत्यन्त गम्भीरताका साथ दिएको छ । यति ठूलो घटनालाई राज्यले त्यत्तिकै छामछुम पार्न खोज्यो भने यसलाई नेपाली कांग्रेसले एजेन्डाको रुपमा अगाडि लिएर जान्छ । File Photo