Logo

रोशनी शाहीमाथि कानुनबमोजिम कारबाही हुने देखिन्छ-टिकाराम भट्टराई



काठमाडौं, १५ असोज । कानुनविद् टिकाराम भट्टराईले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको जर्बजस्तीको आरोप र त्यस आरोपबारे फेरिएको रोशनी शाहीको बयानका बारेमा कानुनी उपचारको सम्भावनाबारे औल्याएका छन् । उनीसँग नेपाली रेडियो नेटर्वका लागि ऋषि धमलाले गरेको कुराकानीः
कृष्णबहादुर महराले सभामुख राजीनामा दिइसकेपछि अब के हुन्छ ?
उहाँले औपचारिक रुपमा राजीनामा दिइसक्नुभयो । राजीनामा दिएपछि पद रिक्त भयो । सभामुख पद रिक्त भइसकेपछि हाम्रो प्रतिनिधिसभा नियमावली बमोजिम संसदीय समिति बोलाइन्छ । त्यहाँ सभामुखको राजीनामा पढेर सुनाइन्छ । त्यसपछि ससद्बाट नयाँ सभामुख चुन्ने प्रक्रिया अगाडि बढ्छ ।
त्यसो भए सभामुख नयाँ व्यक्ति आउने निश्चित भयो ?
अब अनिवार्य नै भयो नयाँ सभामुख आउने ।
कृष्णबहादुर महरा सभामुख भएर आउने सम्भावना छैन ?
त्यो त भन्न सकिँदैन । अब उहाँमाथि अनुसन्धान सुरु भएको पनि प्रहरीले जनाइसकेको छ । अनुसन्धानबाट उहाँ निर्दोष सावित हुनुभयो र फेरि उम्मेदवारी दिएर आउँ नै निर्वाचित भएर आउनुभयो भने हुन सक्छ । त्यो बाटो त खुलै छ ।
महरालाई त सत्तारुढ आफ्नै पार्टीले सभामुख र सांसद् दुवै पदबाट राजीनामा दिनु भनेको छ नि ?
अहिले चाहिं उहाँले सार्वजनिक सञ्चारमाध्यमबाट सूचना आएअनुसार सभामुखबाट मात्रै राजीनामा दिनुभएको छ । सांसद्बाट राजीनामा दिनुभएको छैन । सांसद्बाट पनि राजीनामा दिनुभयो भने उहाँ प्रतिनिधिसभा सदस्य नै नभएपछि सभामुख भएर आउने सम्भावना समाप्त हुन्छ । सांसदबाट राजीनामा दिनुभएर उहाँ निर्दोष सावित हुनुभयो भने सम्भावना बाँकी रहन्छ । अब घटनाक्रमहरु कसरी विकसित हुँदै जान्छन् । २४ घण्टा नबित्दै पीडित महिलाको अर्को स्टेटमेन्ट आएको छ । मैले आवेशमा आएर यस्तो भनेको हो भन्ने छ । जबसम्म दोषी सावित हुँदैन तबसम्म मान्छे निर्दोष नै हुन्छ । अदालतबाट दोषी नठहरिउन्जेल उहाँ निर्दोष नै हो भन्ने कानुनले मान्दछ । तै पनि उहाँले नैतिकताको आधारमा राजीनामा दिनुभएको छ । त्यो नैतिकताको आधारमा दिएको राजीनामालाई राम्रै नैतिकता भएका मान्छेहरुले हेरे त्यो राम्रै हुन्छ । महिलाको बयान जसरी परिवर्तित भएर आएको छ । म सुन्दै उहाँले उजुरी दिन पनि मानिरहनुभएको छैन, टेष्ट गर्न पनि मानिरहनुभएको छैन । त्यसैले कुरा रहस्यमय छन् ।
शालिकराम पुडासैनीको घटनामा एउटा भिडियाकै आधारमा त्यतिबेला घटना घटेको थियो यसलाई त्यसैगरी हेरिँदैन ?
त्यतिबेला भिडियो कै आधारमा घटना घटेको हो । यसमा पनि छानविनको प्रक्रिया अगाडि बढिसकेको छ । त्यो छानविनले निर्धारण गर्छ । हामीले बाहिरबाट हेर्दा पनि कस्तो देखिन्छ भने उहाँको सचिवालयले त्यो दिन उहाँ त्यहाँ जानुभएको छैन भनेर वक्तव्य निकाले छ । त्यो त्रुटीपूर्ण जस्तो देखिन्छ । अर्को भीआईपी मान्छे कति बेला कहाँ जानुभयो ? कहाँ बस्नुभयो भन्ने कुरा सबै रेकर्डेट हुन्छ ।
हिजो शेरबहादुर तामाङले उहाँ कहाँ जानुभयो भन्ने सबै रेकर्डेट हुन्छ भन्नु भएको छ, यसमा के भन्नुहुन्छ ?
त्यो कुरा ठीक हो । हामीहरु त कहाँ गएको भन्ने कुरा पुलिसले अनुसन्धान गर्दा सबै थाहा पाउँछ । उहाँ जत्तिको भीआइपी मान्छे कहाँ जानुभयो भन्ने त सबैलाई थाहा हुन्छ । उहाँको निजी सचिवालयले निकालेको वक्तव्यले चाहिं घटनालाइृ रहश्यमय बनाइदिन्छ । पीडित भनिएकी महिलाबाट पनि उहाँ आउनु नै भएको छैन भन्ने आयो । कुराहरु चाहिं रहस्यमय छन् । गएर पनि त्यो खालको कुकृत्य नभएको अरु सामान्य कुरा भएको चिनजानकै हुनुहुँदो रहेछ पारिवारिक जस्तै हो भन्नुभएको छ । उहाँको श्रीमान चाहिं पूर्व माओवादीमा लागेर हिड्नुभएको मान्छे पूर्व कार्यकर्ता हुनुहुँदो रहेछ । यो हिसावले हेर्दा विषयवस्तुहरु रहस्यमय छन् । जति रहस्यमय भए पनि उहाँले आपूmलाई अभियोग लाग्नेबित्तिकै राजीनामा दिनुभयो । उहाँको पूर्व दलले पनि राजीनामा दिन सल्लाह दियो । त्यो चाहिं नेपाली राजनीतिमा लामो समयपछि एउटा सन्देश जाने कुरा हो । भलै व्यक्तिगत रुपमा कृष्णबहादुर महराको जनतासामु नकारात्मक सन्देश त गयो नै । तर पनि त्यो स्तरको मान्छेले अभियोग लागेको १२ घण्टा नबित्दै राजीनामा दिनुभयो । नेपाली राजनीतिमा नैतिकताको सन्देश हो ।
तपाईंले अब नयाँ सभामुख चुन्ने प्रक्रिया अगाडि बढ्छ भनिरहँदा महिलाले बयान फेर्दै प्रक्रिया रोकिँदैन नि ?
चुनावी प्रक्रिया त रोकिँदैन । अनुसन्धान प्रक्रिया अगाडि बढ्छ । यो मात्रै घटनामा होइन सबै घटनामा यदि पीडितले अनुसन्धानमा सहयोग गरेन भने त्यो अनुसन्धान एकदमै गाह्रो हुन्छ । जब पीडित आपैmले अनुसन्धानलाई सहयोग गर्यो भने प्रहरीलाई सहज हुन्छ । तर पीडितले सहयोग गरेर भने एदमै गाह्रो हुन्छ । अब पीडित महिलाले जाहेरी नै दर्तां गर्न मान्नु भएन, मेडिकल टेष्ट गर्नै उहाँ मान्नुभएन पु्लिसले जबजस्ती मेडिकल टेस्ट गराउन सक्दैन । कारबाही अगाडि बढाउने कि नबढाउने भन्ने उहाँमा भर पर्छ । उहाँलाई कानुनले त्यो अधिकार दिएको छ । म चुप लागेर बस्छु भन्ने अधिकार कानुनले दिएको छ । पीडितले असहयोग गरे पनि प्रहरीले उपलब्ध प्रमाणका आधारमा अनुसन्धन त अगाडि बढाउँछ । हाम्रो फौजदारी संहितामा लिखित जाहेरी पनि चाहिँदैन । प्रहरीले सूचना लिएको आधारमा पनि अनुसन्धान हुन्छ । अघि पनि भनेँ पीडितले अनुसन्धानमा सहयोग गरेन भने निश्कर्षमा पुग्न निकै नै गाह्रो हुन्छ ।
त्यो भए पीडितकै भूमिका निर्णायक हुन्छ ?
यसमा मात्रै होइन जुनसुकै अनुसन्धानमा पनि पीडितको सहयोग एकदमै आवश्यकता पर्छ । अनुसन्धानमा पीडितले सहयोग गरेन वा बयान फेरियो भने अप्ठ्यारो हुन्छ । अब एकछिनको लागि मानौं जो पीडित भनिएकी उहाँ रोशनी शाहीजी हुनुहुन्छ । उहाँको पछिल्लो अभिव्यक्ति नै सही रहेछ भने कृष्णबहादुर महराको इज्जत आमोद, प्रतिष्ठामाथि जुन किसिमको आरोप अघिल्लो भनाइमार्पmत लगाउनुभयो । उहाँमाथि अनुसन्धान गर्नुपर्ने हुन्छ । त्यसपछि उहाँलाई पनि अर्को मुद्दा लाग्छ ।
उहाँले बयान फेरिसकेपछि कारबाही हुनुपर्छ भन्ने बसह सुरु भएको छ नि ?
कानुनले पनि त्यही भन्छ । कसैको इज्जत, मान, प्रतिष्ठामाथि कसैले पनि आरोप मात्र लगाउने अनि आफ्नो भनाइ बदल्दै जाने हो भने त हाम्रो समाज कसरी अगाडि बढ्न सक्छ । त्यसैले अनुसन्धान त रोशनी शाहीमाथि शुरु हुनुपर्छ । कृष्णबहादुर महरा र रोशनी शाही दुईलाई कसुरको गम्भीर आरोपका विषयमा अनुसन्धन हुनुपर्छ । यसमा रोशनी शाहीको कुन भनाइ ठीक हो त ? अगाडि ठीक हो भने कृष्णबहादुर महरा दोषी ठहरिनुहुन्छ । पछिल्लो भनाइ ठीक हो भने उहाँले एउटा देशको प्रतिष्ठित व्यक्तिमाथि जस्तो खालको आरोप लगाउनुभयो । यस्ता खालका आरोप लगाउँदै जाने हो समाजमा कुनै मानिस रहन सक्दैन । त्यसैले निराधार आरोप लगाउने व्यक्तिलाई कारबाही हुने व्यवस्था कानुनले गरेको छ । अहिलेको फौजदारी संहितामा त स्पष्ट व्यवस्था गरिएको छ । त्यसकारण अब रोशनी शाहीमाथि पनि प्रहरीले अनुसन्धान थाल्नुपर्छ ।
रोशनी त मानसिक रोगी भनेर समाचार आएको छ नि ?
हो, त्यो पनि आइरहेको छ । त्यसैले यी सबै विषयमा छानविन गर्नुपर्छ । मैले भनिरहेको छु । कसुरको गम्भीरताको आधारमा यसमा महराजीलाई लागेको आरोप बढी गम्भीर देखिन्छ । रोशनीजीले बयान फेर्नुभयो । महराजीको इज्जतमाथि धावा बोल्ने काम गर्नुभयो त्यो कम गम्भीरता हुन्छ । त्यसैले कसुरको गम्भीरताको आधारमा अनुसन्धान दुवैतर्पm गर्नुपर्छ । रोशीनको पछिल्लो अभिव्यक्ति ठीक हो भने उहाँलाई पनि कारबाही हुन्छ । यदि रोशनीको पहिलो अभिव्यक्ति ठीक हो भने कृष्णबहादुर महरालाई कारबाही हुनुपर्छ । कानुनले कुनै पदीय शैसियत तथमाथि गर्न सक्दैन । मानसिक रोगी र डिप्रेसन भन्ने कुरा हामीले अनुमान गरेर हुँदैन । उहाँका अभिव्यक्ति हेर्दा मानसिक रोगी हो भन्ने आउँदैनौं । डिप्रेसन हुनु अलग कुरा हो । मानसिक रोगी हुनु अर्को कुरा हो । मानसिक रोगीले त्यो लेभलको कुराकानी गर्न सक्दैन । अब रोशनीलाई डाक्टरले जाँचेर ऊ मानसिक रोगी नै हो उसको कुरा कहाँ के भन्यो के भनेन भनेर प्रमाणित भयो भने अनुसन्धान त्यही रोकिन्छ । मानसिक रोगीले दिएको अभिव्यक्तिका आधारमा अनुसन्धन अगाडि बढ्दैन । अहिलेसम्मका तथ्यहरु रोशनी मानसिक रोगी भन्ने बताउँदैन । उहाँले किन बयानहरु फेरिरहनुभएको छ त्यसको अनुसन्धान हुनुपर्छ ।
जबर्जस्ती करणको आरोपमा कस्तो कानुनी व्यवस्था छ ?
त्यसमा त प्रहरीले अनुसन्धान गर्दछ । त्यसमा जबर्जस्ती गरेको पुष्टि भयो भने जिल्ला अदालतमा मुद्दा दायर हुन्छ । त्यो पुस्टिभयो भने अधिकतम १५ वर्षसम्मको जेल सजाँय छ । कानुनी कारबाही पदीय दायित्वको कुरा आउँदै । अधिकतम १५ वर्षको जेल सजाँय छ । पीडित भनिएकी मान्छेलाई अंश दावी हुन्छ । त्यसमा लोग्ने स्वास्नीको नाता कायम हुन्छ ।
यौनदुव्र्यवहार आरोप लाग्यो भने के हुन्छ ?
यौनदुव्र्यवहार मात्रै हो भने अधिकतम तीन वर्षको कैद सजाँय छ ।
सभामुख जस्तो सम्मानित व्यक्तिको कार्यालयमा काम गर्ने कर्मचारी रोशनी उहाँकै घरमा गएर जुन किसिमको हर्तक गरेको आरोप छ यसमा के हुन्छ ?
उहाँको घरमा जाने कुरामा सभामुख जस्तो मान्छे । एउटा सामान्य कर्मचारीको घरसम्म किन जानुभयो । चिनजानको पारिवार सम्बन्ध जस्तै भएको मान्छेकोमा जानै हुँदैन भनेर त हामी भन्न सक्दैनौं । तपाईंले भने जस्तै गए पनि यौन दूव्यवहारजन्य महिला हिंसा मात्रै भएको छ भने अर्कै कसुर लाग्छ । यौन दूव्र्यवहार भएको छ भने अर्को कानुन लाग्छ ।
कुटपिटको कुरा पनि बाहिर आएका छन् त्यो मात्रै भएको रहेछ भने ?
त्यो पनि हुन सक्छ । अब अनुसन्धानले बताउँछ ।
मुद्दा नचल्ने राय महान्यायाधिवक्ताले दिन सक्छ ?
हुन सक्छ । यसमा जिल्ला अदालतमा मुद्दा दायर हुन्छ । जिल्ला अदालतले यसलाई कारबाही हुने प्रमाण मिलने भन्छ । त्यसपछि उच्च अदालतमा जान्छ उसले पनि आवश्यक प्रमाण पुगेन भन्छ अनि महान्यायाधिवक्ताकोमा जान्छ । अनि महान्यायाधिवक्ताले पैmसला गर्दछन् । त्यो अधिकार न्यायाधिवक्तालाई छ । तर कसैले सार्दैमा सर्दैन वस्तुनिष्ट आधारमा छानविन हुन्छ । अथवा प्रहरीले नै अब थप प्रमाण जुटाउन नसकिएको पीडितले पनि सहयोग नगरेको र घटनाघटेको ठाउँमा पनि प्रमाण नभेटिएको भनेर पछि प्रमाण भटिएपछि कारबाही गर्ने गरी अहिले तामेलीमा राख्ने भन्न पनि प्रहरीले सक्छ ।
शालीग्रामले त कृष्णबहादुर महराको राजनीति सकियो भन्नुभएको छ तपाईं केक भन्नुहुन्छ ?
यो घटनामा उहाँ दोषी देखिनुभयो भने सकियो नै । कानुनी रुपमा निदोर्ष नै भए पनि अब समाजले हेर्ने दृष्टिकोणमा फरक पर्छ । भोलि चुनावी नतिजाहरुमा फरक पर्छ । एकपटक आरोप लागिसकेपछि फेरि मान्छे माथि उठ्न गाह्रो हुन्छ । छानविनबाट पनि उहाँ निर्दोष सावित हुनुभयो । जानुभएको मात्रै केही अन्य दूव्र्यव्यवहाहरु नभएको प्रमाणितै भए पनि काुननी रुपमा छुटकारा पाउनुहुन्छ । अब फेरि जनतासामु गएर जनमत जितेर आउन निकै कठिन हुन्छ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot