काठमाडौं, १६ असोज । बडादशैंको टीकाको साइत असोज २१ गते मंगलबार बिहान १०ः२३ बजे रहेको छ । नेपाल पञ्चाङग निर्णायक समितिले दिएको उक्त साइतलाई गुठी संस्थान काठमाडौं जिल्ला शाखाले बडादशैं मनाउने सूचनाका लागि जानकारी गराएको छ ।
महानवमीको दिन हनुमानढोकास्थित तलेजु मन्दिर बिहान ४ बजे देखि नै सर्वसाधारणको दर्शनको लागि खुला हुने व्यवस्था गरिएको छ । हनुमानढोका दरबार गद्दी बैठक छेउको कडेल्चोक भगवतीमा पनि भक्तजनले दर्शन गर्न सक्नेछन् ।
पशुपतिस्थित राजराजेश्वरी मालगाईको होमको प्रसादपनि भक्तजनले लगाउन पाउने छन् । यहीँ रहेको पाँच टाउके महादेव दशएनका लागि राजराजेश्वरी पीठ खुला गरिएको छ ।
संस्थान काठमाडौं शाखा प्रमुख शैलेन्द्र पौडेलका अनुसार संस्थान अन्र्तगतका दक्षिणकाली,कङ्केश्वर, शाभा भगवती, मैतीदेवी, गुह्वेश्वरी, नक्साल भगवती लगायतका शक्ति पिठहरुमा भक्तजनको सुविधाकालागि स्थानिय व्यवस्थापन समितिलाई क्रियाशील बनाइएको खवर आजको गार्खापत्रमा छ ।