Logo

महराजीमाथिको अनुसन्धानमा प्रहरी किन सुत्यो ?-लक्ष्मणलाल कर्ण



काठमाडौं, १६ असोज । सांसद लक्ष्मणलाल कर्ण कानुनविद पनि हुन् । राष्ट्रिय जनता पार्टीका प्रभावशाली नेता समेत रहेका उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

सभामुख पद खालीभएको छ,तपाईहरुको दावी छ कि छैन ?
यसमा प्रक्रियाहरु छन् । चुनाव अथवा सर्वसम्मत दुईवटा प्रक्रिया हुन्छ । सरकारसँग दुईतिहाई बहुमत छ । सभामुख वा उपसभामुखमध्ये एउटा राख्ने हो । त्यसपछि आउने कुरा के गर्ने भनेर ।
पहिला पनि तपाईंहरुले दावी गर्नुभएको थियो, अहिले छ कि छैन ?
सभामुख पद खाली भएको छ । त्यसमा प्रक्रियाहरु छन् । ती शुरु हुन्छन् । चुनाववा सर्वसम्मत एउटै पार्टीको दुई तिहाई बहुमत छ ।
दुईमध्ये एक पद प्रतिपक्षलाई दिने चलन छ, कांग्रेसलाई छोड्नुहुन्छ, आपैm दावी गर्नुहुन्छ ?
अहिले नै कसलाई छोड्ने कसले लिने भन्ने कुरा होइन । यो विषयमा अहिलेसम्म न कांग्रेससँग कुरा भएको न त राजपासँग । सरकारको एउटा अंगको रुपमा पार्टी पनि रहेको छ । त्यसमा बहस, छलफल र राजनीतिक सहमतिका कुराकानी हुन्छ । त्यसपछि प्रक्रिया अगाडि बढ्छ ।
चुनाव त पक्का हुन्छ तपाईहरुको दावीहो कि होइन?
यसमा राजनीतिक सहमतिबिना हामीले दावी कसरी गर्ने ? जब हामी अल्पमतमा छौं भने त्यसै रहर गरेर हुँदैन । यसमा त राजनीतिक सहमति हुनुपर्छ अनिमात्रै हुन्छ ।
तपार्इंहरुले नेपाली कांग्रेसलाई छोडिदिनुहुन्छ ?
हामीले नेपाली कांग्रेसको लागि छोड्ने पनि होइन, दावी गर्ने पनिहोइन । नेपाली कांग्रेसको पनि मत पुग्दैन । त्यसमापनि राजनीतिक सहमति चाहिन्छ ।
प्रतिपक्ष र सत्तापक्षको बीचमा राजनीतिक सहमतिको सम्भावना बढ्यो नि ?
बढेको छ भने त्यसमा छलफल हुनुपर्छ । बहस, छलफल हुनुप¥यो । आजसम्मभएको छैन । अब हुँदैजाला, बढ्दै जान्छ होला ।
कृष्णबहादुर महराजको यौन प्रकरणमा तपाईहरुको पार्टी मौन छ नि ?
यसमा हाम्रो पार्टीले के भन्ने ? यत्रो घटना भएको छ त्यसबारे विश्वभर चर्चा भइराखेको छ । दुईजना बीचको घटना हो । तर, धेरै गम्भीर हो । यसमा सार्वजनिक पद मुछिएको छ । यस्तो घटनाको सम्बन्धमा अहिले पार्टीले बोल्नुपर्ने थियो । यो त फौजदारी अभियोग हो । यसमा यहाँको प्रहरी प्रशासन कहाँ सुतेको छ ?
जसरी रोशनी शाहीले आरोप लगाएपछि कृष्णबहादुर महराले राजीनामा दिए, तर उनै पीडितले फेरि युर्टन भइन् नि ?
उनी के भइन् भइनन् त्यो अनुसन्धानको विषय हो । त्यसमा उनले भनेको कुन कुरा सत्य हो कुन झुटो हो भनेर छुट्ट्याउने काम प्रशासनको हो । यदि यौन दूव्र्यवहारको कुरा हो भने घटना घटेको बेलादेखि नै अनुसन्धान सुरु हुनुपर्छ । अनुसन्धानबाट नै सत्य के हो ? गलत के भन्ने कुरा प्रमाणित हुन्छ । यति गम्भीर विषय देशव्यापी रुपबाट उठिसकेपछि प्रहरीले के कारबाही सुरु गरेको छ ?त्यसकारण यो विषयमा जबसम्म अनुसन्धनबाट को झुट को सत्य भन्ने आउँदैन । त्यसमा के बोल्ने ? यो अनुसन्धानबाट पत्ता लगाउने काम प्रहरीको हो ।
रोशनी शाहले हिजो प्रहरीमा कृष्णबहादुर महरा निर्दोष भनेर उजुरी दिएकी छन् ?
पीडितले महराजी निर्दोष छन् भने पनि हिजो किन दोषी भनेको ?त्यो अलग प्रश्न रहेछ । तर, तथ्य के हो भने उजुरवालाले जे–जे भनेको छ त्यही–त्यहीहामीले मान्दै जाने ? पीडितले ममाथि यौन दूव्र्यवहार भयो भन्दा प्रहरीले के पत्ता लगाएको छ ?प्रहरी गायो त्यो ठाउँमा । जुन ठाउँमा बलात्कार या यौनशोषण भएको थियो । त्यहाँगएर घटनाको विवरण लिएको छ । मुचुल्का गर्दा केही चीज बरामद भएको छ । महिलाले यस्तो अभियोग लगायो भने महिलामा चेकजाँच हुनुपर्छ । यी प्रारम्भिक कुरा जुन गर्नुपर्ने हो । त्यसै कुनै व्यक्तिलाई एकछिनमा के भन्नु मन लाग्छ अनि त्यसैको पछि लागिहाल्नुपर्ने । यो एउटा गम्भीर प्रकृतिको फौजदारी अभियोग हो । यो अभियोग देशको ठूलो पदाधिकारीमाथि लागेको छ । यसले उनको जीवनको सारा प्रतिष्ठा नष्ट गरेको छ । यस्तो अवस्थामा प्रशासनले चुप लागेर बसेर हुन्छ ।
उजुरीकर्ताले नै उजुरी नदिएपछि कसरी हुन्छ ?
कसैले–कसैलाई मारिसेकेको छ भने उजुरी गरिरहनुपर्छ । पीडितले जुन दिन मलाई यौन दूव्र्यवहार भयो भनेर प्रहरीमा खबर गरेको छ । अब उसले भोलिपल्ट के भन्छ भनेर बस्ने हो । के कारणले उनले प्रहरीलाई बोलाइन् म बलात्कृत भएँ भनिन् ? त्यसको बारेमा छानविन हुनुपर्दैन ?
पीडितले भोलिपल्ट मेरो बुबासमानको मान्छे हो भनेकी छन् नि ?
यसमा उजुरीको जरुरी पर्दैन । उसले प्रहरीलाई फोन गरेको छ भने त्यो पनि त उजुरी हो । फोन आउने बित्तिकै प्रहरीको के काम हुन्छ ? सुतेर बस्ने ? घटनाको छानविन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्दैन ।
नेपालको फौजदारी आचारसंहिताले के भनेको छ ?
हाम्रो संविधानमा फौजदारी, कार्यविधि छ, फौजदारी संहिता छ । घटनाको प्रकृति हेरेर त्यसमा दण्ड सजायको व्यवस्था छ । जबर्जस्ती करणमा धेरै सजायको व्यवस्था छ । सानोतिनो पद छोड्ने, लिने, दिने विषय होइन । फौजदारी आभियोग लागिसकेपछि त्यसमा एउटाको पदमा गइसकेपछि दुवैबीचमा छानविन हुनुपर्छ । यो खलवाड गर्ने विषयहोइन । यस्तो विषयमा के रहेछ सत्य, तथ्य त्यो त जनतासामु आउनुपर्यो नि । कसले के भन्छ त्यही सत्य त होइन नि ।कहिलेपीडित भएँभन्ने कहिले होइनभन्ने । त्यस्ता कुरामा जनतालाई गुमाराहमा पारेर राख्नुहुँदैन । यसको वास्तविकता के भनेर छानविन गर्ने काम प्रहरीको हो ।
पीडित पक्षले नै घटना भएको होइन भनेपछि प्रहरीले कसरी अनुसन्धान गर्ने ?
प्रहरीले व्यक्ति प्रधान भएर काम गर्ने होइन । कुन पक्षबाट सत्य, तथ्य आउँछ । त्यतातिर लाग्नुपर्छ । फौजदारी कसुरमा जहाँ घटना भएको हुन्छ । अनुसन्धान त्यहीँ ठाउँबाट अनुसन्धान सुरु हुन्छ । घटना घटेको ठाउँमा तुरुन्तै पुगेन भने प्रहरीहरु लोप हुन जान्छ । त्यसकारण घटनाको खबर पाउनेबित्तिकै प्रहरी त्यहाँ पुगेको उसले त्यहाँबाट के पाएको छ ?गएको छैन भने किन जाँदैन ? घटनास्थलबाट फोन गरेर प्रहरी पुगिसकेको छ । त्यसमा उजुरी खोज्ने यस्तो पनिकुनै संसार हुन्छ । उजुरी नआउँदैमा अपराध समाप्त हुन्छ ?
पीडितले बयान फेरेपछि महरालाई कारबाही हुँदैन भन्नेहरु पनि छन् नि ?
त्यतिले मात्रै फौजदारी अभियोग समाप्त हुँदैन । पीडितले जे–जे भन्छ त्यही अन्तिम हुँदैन । त्यहीं नै अपराध स्रोत हो । हिजो एउटा भन्ने आज अर्को भन्ने । अपधिराको प्रमाण नै यही हो । अरु खोज्नै पर्दैन । अहिले यहीं विषयमा सर्वसाधारणले गरेको भए के हुन्थ्यो ? अहिलेसम्म प्रहरी चुपलागेर बस्थ्यो ? त्यसले प्रशासनले वास्तविक सत्य के हो पत्ता लगाउनुपर्छ । हाम्रो मुलुक संसदीयव्यस्थाको हो भने उहाँले सांसद पदबाट पनि राजीनामा दिनुपर्छ । कानुनमा स्पष्ट लेखिएको छ । कुनै फौजदारी अभियोग लागेको व्यक्तिलाई सार्वजनिक पदमा बस्न मिल्दैन । उहाँको पार्टीले के निर्णय गरेको छ कस्तो छ त्यो आफ्नो ठाउँमा होला । अभियोग लागेको कुरा आइसकेपछि उहाँको राजीनामा आयो त्यो स्वीकृत पनि भयो । अब प्रश्न छ सभामुखबाट राजीनामा दिनुभयो, संसदबाट दिने कि नदिने भन्ने छ । उहाँलाई अभियोग लागेको थियो अनुसन्धान हुन्थ्यो जस्तो रिजल्ट आउँथ्यो आउँथ्यो । तर, उहाँहरुबाटै विभिन्न किसिमका हल्ला हुनु, बयानहरु फेरिरहनु, पीडित पक्षले कहिले पीडित भएँभन्ने कहिले होइन भन्ने यस्ता झुठा प्रचार गरिसकेपछि कारबाही हुनुपर्छ । जसले घटना भयो भनेपछि दुवैपक्षलाई राखेर सोधपुछ हुनुपथ्र्यो । अनुसन्धान, जाँचहुनुपथ्र्यो । यसलाई अलमलपारेर राखिएको छ । सबै कुरा अध्यारोमा राखेका कारणले अन्यौल सिर्जना भएको हो । File Photo



प्रतिक्रिया दिनुहोस्