पर्सा, १६ असोज । लागुऔषध खैरो हिरोईन मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बीरगंज महानगरपालिका २३ बस्ने सोनालाल प्रसाद कुशवाहा रहेका छन् । उनलाई पर्सा जिल्ला अदालतले २०७१/ ०१/ ०४ गतेको फैसलाले ६ बर्ष कैद र १०,००० जरिवाना तोकेको थियो ।
वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा १५ असोजको बेलुका बिरगंज महानगरपालिका वडा नम्बर १३ राधेमाई चोक स्थितबाट नियन्त्रणमा लिएको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।