Logo

फरार प्रतिवादी पक्राउ



पर्सा, १६ असोज । लागुऔषध खैरो हिरोईन मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बीरगंज महानगरपालिका  २३ बस्ने सोनालाल प्रसाद कुशवाहा रहेका छन् । उनलाई पर्सा जिल्ला अदालतले २०७१/ ०१/ ०४ गतेको फैसलाले ६ बर्ष कैद र १०,००० जरिवाना तोकेको थियो ।

वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा १५ असोजको बेलुका बिरगंज महानगरपालिका वडा नम्बर १३ राधेमाई चोक स्थितबाट नियन्त्रणमा लिएको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्