Logo

लागूऔषध सहित तीन जना पक्राउ



धनुषा, १६ असोज । अवैध लागुऔषध नाईट्राभेट ट्याबलेट सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सबैला नगरपालिका ३ बस्ने प्रबिण कुमार यादब, राम शर्मा र मुकेश साह रहेका छन् । जनकपुर उपमहानगरपालिका४ जनक चोकबाट लागूऔषध नाईट्राभेट ट्याबलेट ९ पिस सहित १५ असोजको राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले स.१० प ८८९८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्