विशाखापट्नम, १६ असोज (रासस-एएफपी) – भारत र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट क्रिकेटमा भारतीय प्रारम्भिक ब्याट्सम्यान मयन्क अग्रवालले शतक प्रहार गरेका छन् । बुधबार शुरु भएको तर वर्षाले प्रभावित यस टेस्टमा अफ्रिकी बलरमाथि दुबै प्रारम्भिक ब्याट्सम्यान हाबी भएका छन् ।
वर्षाका कारण बुधबार तेस्रो सत्र खेल हुन सकेको थिएन । बुधबारको खेलमा भारतले बिना क्षति २०२ रन बनाएको थियो ।
पाँचौं टेस्ट खेल्दै गरेका मयन्क अग्रवालको यो व्यक्तिगत पहिले शतक हो । बुधबार नै अर्का प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले पनि शतक प्रहार गरेका थिए । शर्मा व्यक्तिगत १७६ रन बनाएर केशव महाराजको बलमा आउट भएका छन् ।
मयन्क भने १४५ रन बनाएर खेलिरहेका छन् ।
भारतले ९४ ओभरमा २ विकेट गुमाएर ३४० रन बनाएको छ ।