Logo

सडकमा चाप बढ्दा सुस्त यात्रा



काठमाडौं, १६ असोज । देशभरका मुख्य सडकहरुमा चाप बढेको छ । विशेषगरी काठमाडौं भित्रिने र बाहिरिने सडकहरुमा चाप बढेको हो ।

पृथ्वी राजमार्ग र अरनिको राजमार्गमा अत्याधिक चाप बढेको छ । राजमार्गमा चाप बढ्दा यात्रीले सास्ती भोगेका छन् । ट्राफिक प्रहरीलाई कामको चाप परेको छ ।
काठमाडौं प्रवेश गर्ने र बाहिरिने नाकाभन्दा केही किलोमिटरसम्म ओभरटेक गर्न रोक लगाइएको छ । यसले राजमार्गको सवारी व्यवस्थापन भएको छ । नागढुंगा नाकामा चाप घट्नुमा ओभरटेक रोक लगाइनु पनि कारण भएको छ ।

दैनिक लाखौं मानिस काठमाडौंबाट बाहिरिंदा विगतमा भन्दा तेब्बर चाप बढेको हो । सबैभन्दा बढी चाप नागढुंगा क्षेत्रमा देखिएको छ ।

सडकमा अत्याधिक चाप बढेको र यात्रु समस्यामा परेको गुनासो आउन नदिन प्रहरीले हेल्प डेस्क राखेको छ । प्रहरीले चालक र सहचालकलाई माला लगाइदिएर सुरक्षित र सभ्य तरिकाले यात्रा पूरा गराउन आग्रह गरेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot