Logo

अपराधीले आतंक मच्चाएर सत्ता लिए-हरि पाण्डे



काठमाडौं, १७ असोज । जनवादी काँग्रेस नेपालका नेता हरि पाण्डेसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले समसामयिक राजनीतिका बारे गरेको कुराकानीः

तपाईंको पार्टी के गर्दैछ ?
जनवादी कांग्रेस नेपाल पार्टी विचार प्रक्षेपण गर्दैछ । वी.पी.को सिद्धान्त स्थापना गर्नका लागि हाम्रो पार्टी लोकतान्त्रिक साम्यावादी वैचारिक प्रक्षेपण गर्दै छ ।
त्यसको लागि तपाईंहरुले को को सँग संवाद गर्नुभएको छ ?
नेपाली जनसमुदाय, सञ्चामाध्यम र हाम्रो विचारसँग सहमत पक्षहरुबीच वैचारिक छलफल, बहसहरु भइरहेका छन् । व्यक्तिको शासन अन्त्य गरी विधि र विधानको शासन कायम गर्नका निम्ति हामी जहाँसम्म सक्छौं ती ठाउँहरुमा हाम्रा विचारहरु प्रक्षपण गर्दैछौं ।
हाम्रो देशमा लोकतन्त्र, विधिको शासन र कानुनी राज्य त छ नि छैन र ?
त्यो कुरा त बोलीमा मात्रै छ । व्यवहारमा होइन ।
व्यवहारमा किन छैन ?
राज्य सञ्चालनका संरचना पाँचवटा हुन्छन् । सेना, प्रहरी, प्रशासन, न्यायालय र सरकार । यी पाँचै केन्द्रहरुमा अमुक पात्रहरुको एकछत्र रजाइँ छ । संविधानको धारा २७६ मा स्पष्ट उल्लेख गरेको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जुनसुकै अड्डा अदालत वा कानुनी निकायले दिएको सजाँयलाई माफीमिनाहा दिने पनि विधिको शासन हुन्छ ? संविधानको धारा २७६ को प्रश्न उठाएँ मैले । अर्को संविधान १५८ (२) (ख) स्मरण गराउन चाहन्छु । त्यहाँ मुद्दा चलाउने वा चलाउने एकजना महान्यायाधिवक्तालाई दिइएको छ । राज्यका विभिन्न विभागहरु छन् त्यहाँ मन्त्रीज्यूहरुको एकछत्र रजाइँ हुन्छ । यसरी न्यायालय र सरकारमा चतर्फी अमुक व्यक्तिहरुको रजाइँ छ । विधिको शासन हुनलाई राज्यका संघसंगठनहरु सही व्यक्तिहरुको हात हुनुपर्छ । ती अंगहरुमा सही व्यक्तिहरु छैनन् । राज्यका विभिन्न अंगमा अमुक पात्रहरुको विगविगी छ । बुलेट र ब्यालेजबाट अमुक शक्तिले सत्ता प्राप्त गरेको छ । त्यहाँ अमुक व्यक्तिहरुको रजाइँ छ । एउटा व्यक्तिको हुकुममा सरकारका पाँवटै अंग चलेको छ ।
देश भ्रष्टाचार अन्त्य र विकास निर्माणतिर तपाईंहरुको ध्यान गएको छ ?
अमुक व्यक्तिले विकास गर्ने होइन । गर्दा पनि गर्दैन । र भएको विकासको अमुक व्यक्तिले जस लिने पनि होइन । वडा, गाउँपालिका, नगरपालिका, प्रदेश र केन्द्रीय सरकारको रुपमा अमुक पात्रहरुले घेराबन्दी छ । उसले विकास निर्माण गर्ने पनि होइन । उसले त विधि, विधान, नियम, कानुन बनाउने हो ।
देशको प्रधानमन्त्रीले विकास नगरे कसले गर्ने ?
प्रधानमन्त्रीले विकास गर्ने होइन । उहाँले त विधि, विधान, कानुन, नियम बनाउने हो ।
प्रधानमन्त्रीको विचार र दृष्टिकोणमा विकास हुने होइन ?
देशमा विकास कति भएको भन्ने कुरा सबैतिर छताछुल्ल छ । मैले अघिनै भनिसकेको छु । अमुक व्यक्तिले विकास गर्ने पनि होइन र गर्दा पनि गर्दैन । जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरु विधिको विधायकहरु हुन् । विधिको शासनको प्रतिनिधि हुन् शासक होइनन् । यहाँ महाराज छन् । पुरात रुपमा चलिआएको वीरबल र अकबरको कथा जस्तो तत्वहरु छन् यहाँ । यहाँ त व्यक्तिको स्वच्छाचारी रजाइँछ विधिको शासन छैन ।
भ्रष्टाचार अन्त्यको लागि वर्तमान सरकारले चालेको कदम कत्तिको प्रभावकारी भएको छ ?
यो सरकारले सकेसम्म भ्रष्टाचार गरेको छ । यसको अन्त्यतिर त लागेको पनि छैन । हुँदा पनि हुँदैन । जबसम्म व्यक्तिले कानुन हातमा लिएर सिंगो राष्ट्रको अंगप्रत्यंग कज्जा गरेको हुन्छ । त्यहाँ भ्रष्टाचार अन्त्यको कल्पनै गर्न मिल्दैन । तिनैतहको निर्वाचन भयो ठीक छ । तर, त्यो अमुक व्यक्तिलाई सत्ता हस्तान्तरण गर्न भएको होइन । सुशासनको लागि विधि, विधान निर्माणका लागि भएको हो भनिसकेको छु मैले । बुलेट र ब्यालेटबाट अमुक व्यक्तिले सत्ता कब्जा गरेको छ । यो हुबहु राजामहाराजाको अनुशरण हो । यी श्रीपेचरहित श्रीपेषधारी महाराजाहरु हुन् । निर्वाचन विधि, विधान निर्माणको लागि मस्यौदाकार हो । महाविचार समुहहरुको छनोट हो ।
तपाईंंले यी कुरा बताइरहँदा जनवादी कांग्रेसले देश र जनताको के गर्दै छ ?
जनवादी कांग्रेस नेपाल पार्टीले विचार प्रक्षेपण गर्दछ । वैचारिक क्रिया, अन्तरत्र्रिmयाहरु गर्दछ । ऊ शासकमा रुपान्तरण होइन । राजनीति सत्ता प्राप्त गर्ने अस्त्र होइन । राजनीतिले नीनि निर्माण गर्ने हो । नीतिनिर्माण मात्रै सार्वभौम हो । जनवादी कांगे्रसले लोकतान्त्रिक सिद्धान्तमा विश्वास गर्दछ । हामी लोकतान्त्रिक साम्यवादी हौं । हामी सत्ता प्राप्तिका लागि एक व्यक्तिको अपदस्त गर्ने अर्को व्यक्तिलाई स्थापित गर्ने रणनीतिमा होइन । जुन अहिले भइरहेक छ त्यसको अन्त्य गर्न चाहन्छौं । सत्ता प्राप्त गरेर यो देशको सम्पत्ति ब्रम्हलुट गर्ने अभिष्ट हाम्रो होइन । हामी विधि, विधान, नीति, नियम कार्यान्वयन गर्न विचार प्रक्षेपण गर्ने हो । कुनै एउटा व्यक्तिले समग्र राष्ट्रको विकास, निर्माण र सुशासन दिन सक्छ भन्ने होइन । त्यो सत्तैन र दिँदैन पनि । यो पुरातन शासनसत्तको हो ।
कार्यकारी प्रमुखले देशको सबै काम गर्ने होइन र ?
कार्यकारी भनेको विधायिका सार्वभौम मर्यादा क्रम हो । अहिले मौजुदा राज्यसत्ता जब जनप्रतिनिधि चयन हुन्छन् । उनीहरु शासकमा रुपान्तरण हुन्छन् । तिनले देशको ढुकुटीमा ब्रम्हलुट मच्चाउँछन् । त्यसैले यो पुरानो राज्यसत्ता संरचना हो भनिसकेको छु । अहिले विधिको शासन छैन । यो त नितान्त व्यक्तिको शासन हो । त्यसैले मानिसमाथि मानिसको शासनको अन्त्य हुनुपर्छ । सबै राज्यसत्ता एसटा व्यक्तिको हातमा सुम्पिएको छ । अनि यहाँ सुशासन, कानुनी राज्य, लोकतन्त्र, नागरिकको स्वतन्त्रता यी सबै फगतका कुरा हुन् । हो, कार्यकारी प्रमुखले कार्यान्वयन गर्ने हो । तर, विधि विधान निर्माण पश्चात् अथवा सार्वभौम बनेको नीति, नियमलाई कार्यान्वयन गर्ने हो ।
संविधानमा त सबैको अधिकार स्थापित भएको छ नि ?
त्यो त भनाइमा, बोलीमा, अक्षरमा मात्रै छ । व्यवहारमा पटक्कै छैन । लोकतन्त्रका दुई ढंगले विश्लेषण गर्न सकिन्छ । एउटा आर्थिक लोकतन्त्र, अर्को राजनीति लोकतन्त्र । लोकतन्त्र भनेको लोकतान्त्रिक मूल्य, मान्यता तथा वाध्यकारी आचारसंहिता भनेको के हो ? लोकतन्त्र भनेको जनताद्वारा निर्मित, जनताको शासन हो । त्यहाँ विधिको शासन, कानुनी राज्य, मौलिक हक, वाक स्वतन्त्रता, विचार विश्लेषणमा समान हक अधिकार हुन्छन् । लोकतन्त्र भनेको अमुक व्यक्तिको बखान र ब्याख्या होइन ।
यो व्यवस्था त नेपाली जनताको चाहना अनुसार आएको हो नि ?
नेपाली जनताले नै चुनेको हो । तर, त्यसमा अमुक व्यक्तिको एकछत्र शासन छ ।
राजावादीहरुसँग तपार्इंहरुको साठगाठ छ ?
के हो राजावादी भनेको ? हामी व्यक्तिको शासन नै अन्त्य गर्न चाहन्छौं । यहाँ राजावादी, प्रचण्डवादी, केपीवादी, गिरिजावादी कुनै व्यक्तिवादी नै होइन भन्दै छु । हामी नितान्त व्यक्तिको शासनको अन्त्य गरी विधि र विधानको विचार प्रक्षेपण गर्दैछौं । हामी त्यो अभियानमा छौं ।
तपाईंहरुको अभियान जनतासामु कहाँ पुग्यो ?
जनता नभन्नुहोस् यो ठालुहरुले बोल्ने भाषा हो । जनार्दन भन्नुस् । पहिला राजामहाराजाहरुले रैति, प्रजा, हुँदै जनता भन्न थालेका हुन् । त्यसैले जनता भन्दा अपमान गरेजस्तो लाग्छ । हामी अहिले मानिसमाथि मानिसको शासन अन्त्य निमित्त अथात् व्यक्तिको शासन अन्त्यगरी विधिवत् विधिको शासन स्थापितका लागि वैज्ञानिक ढंगबाट विचार प्रक्षपराण गर्दैछौं । त्यसमा समाजवाद भनेको के हो ? लोकतन्त्र भनेको के हो ? जनवाद भनेको के हो ? विधिको शासन भनेको के हो ? त्यो विधिवत् विधानको विचार मनथन गर्दैछौं । केही समयपछि थोर बल लगाएर अभियान सञ्चालन गर्दछौं ।
तपाईंहरुले चन्दा आतंक मच्चाइरहनुभएको छ रे सही हो ?
यो कसले भनेको हो ? भारत, अमेरिका, चाइनाले भन्यो कि यहाँका ठालुहरुले भनेको यसको केही प्रमाण छ ? कि मनोगत भावना हो ?
तपाईंहरुले चन्दा आतंक मच्चाउनुभएको छ नि छैन ?
कतै सुन्नभएको छ ? नेपालीले काही सुनेको छ । हामी कुनै हत्या, हिंसा, बन्द, आतंक, चन्दा आतंक नजवादी कांग्रेसले गरेको काहीं सुन्नुभएको छ ?
त्यसो भए जनवादी कांग्रेसले शान्तिपूर्ण रुपमा आफ्ना क्रियाकलापहरु अगाडि बढाउँछ हो ?
हामीले शान्तिपूर्ण रुपले आफ्नो विचारहरु अगाडि सारिरहेका छौं ।
तपाईंहरु पनि विप्लवको थपमा जानुभएको हो कि ?
अहिले अपराधीहरुले हत्या, हिंसा, चन्दा आतंक गरेर अमुक पात्रले सत्ता प्राप्त गरेको छ । यसले विगतका रामामहाराजको अनुशरण गर्दै हुबहु देश चलाइरहेको छ । त्यस्ता व्यक्तिहरुले चन्दा आतंक गरेका थिए । हामी त्यसको अन्त्य हुनुपर्छ भनेर लागेका छौं भने हामीले कसरी चन्दा आतंक मच्चाएको छ ? अहिले जताले हत्या, हिंसा, आतंक र चन्दा आतंक चाहँदैनन् । हाम्रो नीति, सिद्धान्त कुनै चन्दा आतंक, हत्या, हिंसा होइन । Photo Source: TV Today



प्रतिक्रिया दिनुहोस्

Screenshot