काठमाडौं, १७ असोज । कृष्णबहादुर महरा भूमिगत कालदेखि संगत गरेकामध्ये डा. सुन्दरमणि दिक्षित पनि हुन् । उनले महराको स्वभाव र शैलीबारे खुलासाहरु गरेका छन् । उनीसँग महराबारे ऋषि धमलाले. नेपाली रेडियो नेटवर्कका लागि गरेको कुराकानीः
कृष्णबहादुर महरालाई तपाईं राम्रोसँग चिन्नु हुन्छ ?
राम्रोसँग होइन चिन्छु ।
तपाईंको त राम्रो सम्बन्ध थियो होइन ?
अन्डरग्राउण्ड भएको बेलामा कन्ट्याक प्वाइन्ट मेरो उहाँसँग थियो । उहाँको नाम त्यो बेलामा गोपालजी थियो ।
महरालाई यौनदूराचारको आरोप लागेपछि सभामुखबाट दिनुभयो संसद पदबाट राजीनामा दिनुपर्छ भनेका छन् तपाई के भन्नुहुन्छ ?
महराजीलाई तपाईले भन्नुभयो मलाई चिनेको छ भनेर । त्यो मान्छे मैले चिनेको बेलामा यति सिस्ट असल हुनुहुन्थ्यो । कसरी यस्तो खालको मुख्र्याईं गर्नुभयो । राति १२ बजे रक्सीको बोल बोकेर हल्लिँदै कुनै केटीकोमा कसरी पस्नुभयो ? यहाँ उनीहरुको यस्तो व्यवहार पहिलादेखि चलेको थियो र अहिले आएर कुनै कुरामा त्यो केटीसँग झगडा भयो । र, अहिले त्यसलाई खुलासा गरेको हुन पनि सक्छ । तर, यतिसम्म भइसकेपछि महराजीले सभामुख पदबाट राजीनामा दिनु उच्च नैतिकता हो । तर, सांसदहरुले राजीनामा मागेको चाहिं मलाई चित्त बुझेन । किन भने एकातिर ज्यान मारेको मुद्दा लागेको थारुहरुको नेता अहिले पनि जेलमै हुनुहुन्छ ।
उहाँलाई निष्कासन गर भनेर कुनै सांसदले भनेका छैनन् । महराजीलाई त बलात्कारको दोषमात्रै लागेको प्रुफ त भएको छैन । उहाँलाई राजीनामा दिनु भन्ने ज्यान मारेको केसमा जेल बसेकोलाई चाहिं हटाउनु नपर्ने बलात्कार दाग मात्रै लागेकोलाई चाहिं निकालिहाल्नुपर्छ यसमा संसदको द्वैद चरित्र देखियो । न्यायलयबाट जाँदा भइहाल्छ नि । अहिले नै ताततात्तै गरिहाल्नुपर्ने किन ? फेरि महराजीको काण्ड त्यति सजिलो छैन । कहीं न कहीं शंकास्पद कुरा त्यहाँ लुकेको छ । उनी दोषी होलान्, त्यो वर्षौंदेखि चलिआएको जुन कुरा थियो । उनीहरुबीचमा अहिले अचानक रुपमा यसरी उजागर भयो । यसमा महरालाई फसाउन खोजेको पनि हुन सक्छ ।
पत्रकार अजयबाबु सिवाकोटीलाई त सुरक्षाको थ्रेट छ नि ?
सुरक्षाको थ्रेट कसलाई छैन । अस्ति त्यो ज्ञानेन्द्र शाहीलाई के भयो भन्नुस् त ? उसले पनि खाली भ्रष्टाचार न कुरा गरेको थियो । भ्रष्टाचारको कुरा गर्दा उसलाई भालै रोपेका छन् । महरा जस्तो यति ठूलो नेतालाई यत्रो काण्ड लागेको छ । यसमा ज्यान मार्ने धम्की आउनु ठूलो कुरै होइन । एउटा भ्रष्टाचार उजागर गर्नेलाई त भाला रोप्न खोज्छन् भने यसमा अचम्म लाग्ने कुरै छैन । रुलिङ पार्टीले आफ्नै कार्यकर्ता लगाएर जथाभावी मान्छेलाई आक्रमण गर्न थालेपछि त्यो खतरा भयो । आपैm कटवाल, आपैंm चोर हुनुहुँदैन । रुलिङ पार्टी त संमेम अपनाउनुपर्छ । यसले डेमोक्रेसीमा ठूलो खतरा कम्युनिस्ट पार्टीले आफ्ना क्याडर्सहरुलाई छाडा छोड्न थाल्यो । सरकारमा पनि आपैm क्याडर्स छाडा छोड्ने पनि आपैm यी दुईवटा लोकतन्त्रमा खतरनाक कुरा भएको छ । यसको मतलब नेपाल कम्युनिस्ट पार्टीले पेलेरै जान खोजे । सरकारको यो रवैया ठीक छैन । यसलाई ओलीले कन्ट्रोल गर्नुपर्ने त्यो गर्न सकेका छैनन् । File Photo