Logo

दशैंमा राष्ट्रपतिले टीका लगाइदिने



काठमाडौं, १७ असोज । यसवर्ष पनि राष्ट्रपति विद्यादेवी भण्डारीले विशिष्ट र सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालयका अनुसार २१ असोज बडादशैंमा दिउँसो १ देखि २ बजेसम्म सरकारका वरिष्ठ अधिकारीहरुलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ ।

पहिलो चरणमा उपप्रधानमन्त्री, मन्त्री, सांसद, न्यायाधीशहरु र संवैधानिक निकायका पदाधिकारीका अलावा उच्च सरकारी अधिकारीहरुलाई टीका लगाइदिने तय भएको हो ।

दोस्रो चरणमा दिउँसो साँढे दुई देखि साँढे तीन बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ ।
विगतका वर्षहरुमा पनि राष्ट्रपतिको हातबाट उच्च सरकारी अधिकारी र सर्वसाधारण टीका लगाउने जाने गर्दथे । File Photo



प्रतिक्रिया दिनुहोस्