Logo

महरा प्रकरणमा अन्तर्राष्ट्रिय चासो



काठमाडौं, १७ असोज । नेपालस्थित संयुक्तराष्ट्रसंघीय नियोगसहितका पश्चिमा कुटनीतिक नियोगहरुले महिला हिंसाप्रति चासो देखाएका छन् । उनीहरुले संयुक्त विज्ञप्ति जारी गरी चासो देखाएका हुन् । विज्ञप्ति जारी गर्नेमा बेलायत, अष्ट्रेलिया, फिनल्याण्ड, नर्वे, स्विट्जरल्याण्ड र संयुक्त राष्ट्रसंघको नेपालस्थिति कार्यालय रहेका छन् उनीहरुले लैंगिक हिंसामा पीडितको उजूरी दिने वा सहायता माग्ने क्षमताको हेक्का राख्न जरुरी भएको उल्लेख गरेका छन् ।

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्तीको आरोप लागेपछि राष्ट्रसंघसहितका छ वटा कुटनीतिक नियोगहरुले संयुक्त विज्ञप्ति जारी गर्नुलाई अर्थपूर्ण मानिएको छ । राष्टिय मानवअधिकार आयोगले महरा प्रकरणमा चासो दिएकै दिन छ कुटनीतिक नियोगबाट विज्ञप्ति आएको हो ।

राष्ट्रिय मानवअधिकार अयोगले महरा प्रकरणमा प्रहरीले गरिरहेको अनुसन्धानको जानकारी माग गरेको छ । आयोगले घटनाबारे चासो लिनुलाई अर्थपूर्ण मानिएको छ ।

यसैगरी, प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । पीडित भनिएकी रोशनी शाहीले भनाई फेर्न थालेपछि यो घटनाको अनुसन्धान र निष्कर्ष दुवै कठिन बनेको छ ।



प्रतिक्रिया दिनुहोस्